LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति, कानुन र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजना भएको ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उदघाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाललाई आइटी हबको रूपमा विकास गर्न आवश्यक नीति, कानुन र पूर्वाधार निर्माणका लागि सहजीकरण गर्न मन्त्रालय तयार रहेको जानकारी दिनुभयो ।
उहाँले सरकार र निजी क्षेत्रको सहकार्यमा नेपाललाई आइटी हबको रूपमा विकास गरी विश्वलाई चिनाउनु पर्नेमा जोड दिनुभयो ।
सञ्चारमन्त्री गुरुङले भन्नुभयो– ‘‘आइटी क्षेत्र भर्खर सुरु गरेका छौं । आइटी क्षेत्रलाई आइटी हबका रूपमा विकास गर्न आवश्यक नीति, कानुन र पूर्वाधार निर्माणका लागि सहजीकरण गर्न मन्त्रालय तयार छ ।
सञ्चारमन्त्री गुरुङले आइटी क्षेत्रबाट यो वर्ष गत वर्षभन्दा धेरै राजस्व सङ्कलन हुने विश्वास रहेको बताउनुभयो । उहाँले सरकारले ल्याएको अध्यादेश प्रभावले राजस्व बढाउन सक्ने उल्लेख गर्नुभयो । उहाँले नेपालमा पर्यटनभन्दा आइटी क्षेत्रको योगदान बढी हुने अवस्था रहेको बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले भन्नुभयो– ‘‘काम गर्ने वातावरण सरकारले बनायो भने वैज्ञानिक खोज्न नासामा जानु पर्दैन । मुलुकभित्रै उत्पादन हुने रहेछ । सरकारले त्यो काम गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय