LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा शुक्रबारदेखि सैनामैना दुधराक्ष कप क्लव स्तरीय राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।
दुधराक्ष युवा क्लवको आयोजनामा हुने फागुन ३ गतेसम्म हुने प्रतियोगिताको तयारीको काम सम्पन्न भैसकेको छ ।
दुधराक्ष युवा क्लवका अध्यक्ष किरण पोखरेलले प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, नेपाल एपिएफ क्लव,गण्डकी प्रदेश भलिबल संघ, कोशी प्रदेश भलिवल संघ, गल्कोट भलिवल क्लव र मणिमुकुन्द भलिवल क्लव बुटवलको सहभागिता हुने बताउनुभयो ।

प्रतियोगिताको ट्रफी विहिवार आयोजित पत्रकार सम्मेलनका अवसरमा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा र उपप्रमुख विना रानाले सार्वजनिक गर्नुभयो । त्यस अवसरमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैना नगर क्षेत्र खेलकुदको हबकोरुपमा विकास हुँदै गरेको बताउनुभयो । उहाँले क्लबले ठूलो धनराशी खर्च गरि यस प्रकारको राष्ट्रिय स्तरको प्रतियोगिता गर्न सक्दैन भन्ने आभाष ब्यक्त हुने गरेको बताउँदै तर दुधराक्ष युवा क्लवले यो गरेर देखाएको बताउनु भयो । उहाँले युवाहरु देशका कर्णधार मात्र नभै विकासका साझेदार पनि हुन भन्ने कुरा दुधराक्ष युवा क्लवले प्रमाणित गरेको उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले दुधराक्ष युवा क्लवले राष्ट्रिय स्तरको पुरुष भलिबल प्रतियोगिता आयोजना गर्नु सैनामैनाकै गौरवको बिषय भएको बताउनुभयो । उहाँले आगामी दिनमा राष्ट्रिय स्तरको महिला खेल प्रतियोगिता पनि आयोजना गरेर महिला खेलाडीहरुको मनोबल बढाउने काममा लाग्न आग्रह गर्नुभयो ।

प्रतियोगिता आयोजक दुधराक्ष युवा क्लवका अध्यक्ष किरण पोखरेलले क्लव स्थापना कालदेखि नै अहिलेसम्मको करिव १९ बर्षको अवधीमा क्लवले गाविस स्तरीयदेखि राष्ट्रिय स्तरको प्रतियोगिता गर्न सक्षम भएको बताउनुभयो । उहाँले धेरै प्रतियोगिताहरुमा आयोजकले आफ्नो टिम पनि समावेश गरि खेलाउने गरेको बताउँदै तर आफूहरुले खेललाई पारदर्शी बनाउन आफ्नो टिम समाबेश नगरेको जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख ५५ हजार ५ सय ५५, दोश्रो हुने टिमलाई ३ लाख ३३ हजार ३ सय ३३, तेश्रो हुने टिमलाई १ लाख ११ हजार १ सय ११ र सान्त्वना हुने टिमलाई ५५ हजार ५ सय ५५ रुपैया पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताका खेल संयोजक तथा सैनामैना नगरपालिका वडा नंं ७ का वडा अध्यक्ष राजकुमार चौधरीले सैनामैनाको कलौनीमा हुने भलिवल प्रतियोगिताले देशकै ध्यान तान्न सफल हुने बताउँदै तयारीका क्रममा अहिलेसम्म देश तथा विदेश र खेल प्रेमीहरुबाट प्राप्त सहयोगले आफूहरुमा उत्साह थपिएको बताउनु भयो ।
शुक्रवार प्रतियोगिताको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
२०६२ सालमा स्थापना भएको दुधराक्ष युवा क्लवले स्थापनाको पहिलो बर्ष दुधराक्ष गाविस वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय