LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

फोनकल बाइपास गरेको आरोपमा रुपन्देहीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको प्रतापपुर गाउँपालिका ८ नोडिहवाका २७ वर्षीय रोहित अहिर छन् ।
रुपन्देही सिद्धार्थनगरस्थित गुलाबचन्द गुप्ताको घरमा कोठा भाडामा लिएर विभिन्न उपकरण जोडेर कल बाइपास गर्ने गरेको आरोप प्रहरीले उनीमाथि लगाएको छ । उनको साथबाट स्पोइलर कम्पनी हब ९ थान, इन्टेलकोर आई ५, कम्पनीको सीपीयू ४ थान, मोडेम १६७ थान, एन्टेनासहितको हब २ थान, नेपाल टेलिकमको सिम १९० थान, एनसेल सिम २७० थान बरामद गरिएको प्रहरीको भनाइ छ ।
त्यस्तै उनको साथबाट एउटा एलसीडी मोनिटर, एउटा ल्यापटप, ५ वटा मोबाइलसहित इन्टरनेटको राउटर, स्विच, नेटवर्क भिडियो रेकर्डर र हब केबल लगायत सामग्री पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । पक्राउ परेका अहिरमाथि कल बाइपास कसूरमा रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय