LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चन गाउँपालिका वडा न १ मा रहेको प्रगती नमुना माध्यमिक बिद्यालयले आइएसओ लोगो प्राप्त गरेको छ । लोगो शुक्रबार स्कुलमा एक कार्यक्रमकाबीच आइएसओ प्रतिनिधि नारायण प्रसाद दुवाडीले स्कुललाई हस्तान्तरण गर्नुभयो ।
लोगो हस्तान्तरण गर्दै दुवाडीले प्रगती नमुना माध्यमिक बिधालयले आइएसओ लोगो पाउनका लागि आवश्यक मापदण्ड पूरा गरेको बताउँदै सर्टिफाइ हुनका लागि अझै केही सुचक पूरा गर्न बाँकी रहेको बताउनु भयो । उहाँले ती बाँकी सुचक पूरा भएपछि सर्टिफाइ गरिने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणी पौडेलको अध्यक्षता, कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा आइ. एस.ओ. का नेपाल प्रतिनिधि सुदीप शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणी पौडेल र प्रधानाध्यापक गणेश पौडेललाई आइ.एस.ओ.को लोगो हस्तान्तरण गर्नुभएको हो ।
उक्त कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष चुडामणी पौडेलले केही समय भित्रै आइएसआका सुचकांकहरु पूरा गर्दै स्कुललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने र कञ्चन गाउँपालिका कै अब्बल शैक्षिक संस्थाको रुपमा चिनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले लोगो प्राप्त गर्नमा बिद्यालयका प्राचार्य गणेश पौडेलको नेतृत्वसहित सम्पूर्ण शिक्षक कर्मचारीको ठूलो भूमिका रहेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
लोगो हस्तान्तरण कार्यक्रममा कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा मगर, शिक्षा शाखा प्रमुख रमेश भुसाल, कञ्चन गाउँपालिका वडा न १ का वडा अध्यक्ष हरिनारायण थारु लगायतले आईएसओ लोगो प्राप्त गरेकोमा धन्यवाद व्यक्त गर्दै अब बिधालयले अन्य सुचकहरु पूरा गरि सटिफाईड हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य, जेसककआई नेपालका पुर्व राष्ट्रिय उपाध्यक्ष राजन शर्मा पौडेल, गजेडी २ बकुलघाट खानेपानी संस्थाका अध्यक्ष देबि प्रसाद थारु, टोल विकास संस्थाका अध्यक्ष, प्राज्ञिक व्यक्तित्वहरु, सञ्चारकर्मी, समाज सेवि, अभिभावक, कर्मचारी र विद्यार्थी साथै स्थानीयहरुको उपस्थिति रहेकोे थियोे । कार्यक्रमको सञ्चालन स्कुलका सहायक प्रधानाध्यापक सरोजप्रसाद भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय