नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको टिप्पणी गर्नुभएको छ ।
आइतबारबाट काठमाण्डौंमा सुरु भएको पार्टीको महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
पूर्व प्रधानमन्त्री भट्टराई भन्नुभयो– ‘हामीले पुराना शक्तिले भएन, कांग्रेसले गरेन, यसले गरेन भनिरहेका छौं । तीनवटा टाउका छन्, उनीहरूले पालैपालो खाइरहेका छन् ।
सत्तामा रहुन्जेल धेरै काम गरेको भन्ने र बाहिर निस्किएपछि हरेक कुरा भएन भनेर गुनासो गर्ने प्रवृत्ति उनीहरूमा रहेको भट्टराईको जिकिर छ ।
भट्टराईको टिप्पणी छ– ‘फेरि सत्तामा छउन्जेल उत्पात गरेका छौं भन्छन् अनि बाहिर निस्किएर यो पनि भएन त्यो पनि भएन भन्छन । पटक पटक यी तीनवटा टाउकाले देशलाई हैरान पारिरहेका छन ।
उहाँले देशका समस्याहरू समाधानका लागि पहिचान गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पूर्व प्रधानमन्त्री भट्टराईले भन्नुभयो– ‘हामीले समस्याको समाधान के ? समाधान पहिचान गर्नुप¥यो भनेर वास्तविक चर्चा गरेका छौं । थुप्रै समस्या छन् नेपालमा ? तर नेपालमा किन विकास भएन भन्ने विषयमा गहिरो चिन्ता कतै भएन भन्नुभया







