LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको गैडहवा गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । निःशुल्क स्वास्थ्य शिविरमा २४१ जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य गराएका छन भने १६ जनाले रक्तदान गरेका छन।
गैडहवा गाउँपालिका, रोटरी ई क्लव अफ, मेडिको फ्युजन हाईव्रिड नेपाल र नियमित रक्तदाता संघको संयुक्त आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा हार्डजोर्नी, जनरल फिजिसियन, नाक, कान तथा घाँटीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको गैडहवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र चौहानले जानकारी दिनु भयो ।
यसैगरी रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १६ जना रक्तदाताहरुले रक्तदान गरेको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिलवालले जानकारी दिनुभएको छ ।
स्वास्थ्य शिविरमा नाक कान घाटी विशेषज्ञ डा. सुमन पौडेल, अर्थोपेर्डिक विशेषज्ञ डा.बिजय भण्डारी र जनरल फिजिसियन तथ इन्टर्नल मेडिसिन विशेषज्ञ डा. प्रतिक सापकोटाले सेवाग्राहीहरुको स्वास्थ्य परिक्षण तथा जाँच गर्नुभएको थियो।
कार्यक्रमको शुभारम्भ गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले आफ्नो पालिका भित्रका असहाय, अशक्त, जेष्ठ नागरिक तथा आर्थिक रुपमा समेत कमजोर भएकाहरुले सहज रुपमा गाउँमै स्वास्थ्य सेवा लिन पाउन भन्ने उद्देश्यका साथ बिभिन्न साझेदार संस्थाहरुसंगको सहकार्यमा स्वास्थ्य शिविर संचालन गरिएको बताउनु भयो ।
शिविरलाई सकेसम्म बृहत बनाउने प्रयास रहेको भन्दै अध्यक्ष पौडेलले पालिकाका हरेक नागरिकहरुको शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक पक्षमा सवल बनाउन लागि परेको र त्यसका लागि पालिकाको एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले सबैको सहकार्य, समन्वय र सहयोग समेत आवस्य पर्ने बताउनु भयो।
कार्यक्रमको सहजिकरण गैडहवा गाउँपालिकाका नसिङ्ग संयोजक सिता गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय