LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको गैडहवा गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । निःशुल्क स्वास्थ्य शिविरमा २४१ जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य गराएका छन भने १६ जनाले रक्तदान गरेका छन।
गैडहवा गाउँपालिका, रोटरी ई क्लव अफ, मेडिको फ्युजन हाईव्रिड नेपाल र नियमित रक्तदाता संघको संयुक्त आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा हार्डजोर्नी, जनरल फिजिसियन, नाक, कान तथा घाँटीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको गैडहवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र चौहानले जानकारी दिनु भयो ।
यसैगरी रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १६ जना रक्तदाताहरुले रक्तदान गरेको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिलवालले जानकारी दिनुभएको छ ।
स्वास्थ्य शिविरमा नाक कान घाटी विशेषज्ञ डा. सुमन पौडेल, अर्थोपेर्डिक विशेषज्ञ डा.बिजय भण्डारी र जनरल फिजिसियन तथ इन्टर्नल मेडिसिन विशेषज्ञ डा. प्रतिक सापकोटाले सेवाग्राहीहरुको स्वास्थ्य परिक्षण तथा जाँच गर्नुभएको थियो।
कार्यक्रमको शुभारम्भ गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले आफ्नो पालिका भित्रका असहाय, अशक्त, जेष्ठ नागरिक तथा आर्थिक रुपमा समेत कमजोर भएकाहरुले सहज रुपमा गाउँमै स्वास्थ्य सेवा लिन पाउन भन्ने उद्देश्यका साथ बिभिन्न साझेदार संस्थाहरुसंगको सहकार्यमा स्वास्थ्य शिविर संचालन गरिएको बताउनु भयो ।
शिविरलाई सकेसम्म बृहत बनाउने प्रयास रहेको भन्दै अध्यक्ष पौडेलले पालिकाका हरेक नागरिकहरुको शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक पक्षमा सवल बनाउन लागि परेको र त्यसका लागि पालिकाको एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले सबैको सहकार्य, समन्वय र सहयोग समेत आवस्य पर्ने बताउनु भयो।
कार्यक्रमको सहजिकरण गैडहवा गाउँपालिकाका नसिङ्ग संयोजक सिता गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय