रुपन्देहीको सैनामैनामा जारी दुधराक्ष कप क्लबस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तेश्रो दिन भएका दुई खेलमा नेपाल पुलिस र गल्कोट क्लब विजयी भएका छन ।
आईतबार भएको पहिलो खेलमा ३–२ को सोझो सेटमा गल्कोट भलिबल क्लबले कोशीलाई पराजित गरेको हो । यस्तै दोस्रो खेलमा एपीएफलाई ३–१ को सोझो सेटमा हराउँदै पुलिस क्लबले जित सुनिश्चित ग¥यो ।
सैनामैना ६ कलौनी चोकस्थित वडा कार्यालयको मैदानमा भैरहेको प्रतियोगितामा सोमबार पनि दुई खेल हुनेछ्न । जसमा पहिलो खेलमा गण्डकी र कोशीबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष किरण पोख्रेलले जानकारी दिनुभयो ।
प्रतियोगिता फागुन ३ गतेसम्म चल्ने छ । बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।
यसैगरी विद्यागत तर्फ उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार ७ सय ७७ रुपैँया र सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्ने दुधराक्ष युवा क्लबले जनाएको छ ।







