लुम्बिनी, माघ २८ ।
लुम्बिनी साँस्कृतिक नगरपालिकामा चाथौं राष्ट्रिपती रनिङशिल्ड प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । रनिङशिल्डको पूर्वअर्थराज्यमन्त्री एव्म नेपाली काँग्रेसका नेता भरतकुमार शाहले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री शाहले रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गराउन ठूलो योगदान गर्ने बताए । उनले विगतमा विरेन्द्र रनिङशिल्डका रुपमा हुने राष्ट्रपती रनिङशिल्डले खेलक्षेत्रमा लाग्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने बताए । पूर्व संघीय सांसद रहेका शाहले तीन दिनसम्म हुने रनिङशिल्डको सफलताको शूभकामना समेत दिए ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाभित्रका १६ वटा विद्यालयहरुको सहभागिता रहेको रनिङशिल्डमा विभिन्न विधाका खेलकुद प्रतियोगिता हुनेछन् ।
उद्घाटन समरोहमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, नगरप्रवक्ता इनामुल्लाह फकिर, धुव्रचन्द्र त्रिपाठी, लुम्बिनी साँस्कृतिक नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुली, शिक्षा शाखा प्राविधिक सहायक प्रमिला पछाई लगायतले बोल्दै सहभागी विद्यार्थीहरुलाई सफलताको शूभकामना दिएका थिए । उद्घाटनका अवसरमा विभिन्न विद्यालयहरुबाट सहभागी विद्यार्थीहरुले मार्चपास गरेका थिए । लुम्बिनी विकास कोष स्थित पडसरी खेलमैदानमा शुरु रनिङशिल्ड अन्तर्गत पहिलो दिन सय मिटर र १५ सय मिटर छात्र छत्रा दौड प्रतियोगिता भएको छ । यसैगरी लङ्गजम्प, सटपुट र भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सय मिटर दौडमा छात्रतर्फ अधियारी मावि प्रथम, खुदाबगर मावि द्धितिय र मधुवनी मावि तृतीय भए भने छात्रातर्फ भगवानपुर आधारभूत विद्यालय प्रथम, मधुवनी मावि द्धितिय र बलरामपुर मावि तृतीय भएका छन् । यसैगरी १५ सय मिटर दौड प्रतियोगितामा छात्रतर्फ तेनुहवा मावि प्रथम, बलरामपुर मावि द्धितिय र बुद्ध आदर्श मावि तृतीय भए भने छात्रा तर्फ आमा मावि प्रथम, बुद्धआदर्श मावि द्धितिय, खुदावगर मावि तृतीय भएक छन् । यसैगरी लङ्गजम्पतर्फ छात्रमा मसिना बाबा नरेन्द्रपुरी मावि प्रथम, मधुवनी मावि द्धितिय, कर्महवा मावि तृतीय हुँदा छात्रातर्फ अधियारी मावि प्रथम, आमा मावि द्धितिय, खुदाबगर मावि तृतीय भएका छन् । यसैगरी सटपुटमा छात्रतर्फ मसिना बाबा नरेन्द्रपुरी मावि प्रथम, बुद्धआदर्श द्धितिय, बलरामपुर मावि तृतीय भए भने छात्रातर्फ बलरामपुर मावि प्रथम, खुदाबगर मावि द्धितिय र बुदआदर्श मावि तृतीय भएका छन् । यस्तै सोमबार पहिलो दिन भएको भलिबल प्रतियोगितामा छात्रातर्फ मात्रै प्रतियोगिता भएको छ । जसमा मसिना बाबा नरेन्द्रपुरी मावि प्रथम, बुद्धआदर्श मावि द्धितिय र आमा मावि र अधियारी मावि तृतीय भएको शिक्षा शाखाका प्राविधिक सहायक प्रमिला पछाईले जानकारी दिईन । जिल्ला खेलकुद समितिबाट प्रतियोगिता सञ्चालन गराईएको छ ।







