LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

प्रतिपक्षी दलहरूले मंगलवार प्रतिनिधिसभा बैठक अवरोध गरेका छन् । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेका हुन् ।
आकस्मिक र शून्य समय सकिएपछि कुन प्रक्रिया अन्तर्गत समय दिइएको हो भन्दै रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाउनुभएको थियो । उहाँले सांसद खतिवडाले बोलेको अभिव्यक्ति रेकर्डबाटै हटाउनुपर्ने माग गर्नुभयो ।
उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको स्पष्टीकरण दिनुभएको थियो ।
तर, रास्वपा सांसद पराजुली, सुमना श्रेष्ठ लगायतले उठेर विरोध गरेका थिए । केहीबेरमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा नियमावली अनुसार संसद नचलेको आरोप लगाउनुभयो ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको विषय संसदमा उठाउनु भएको छ ।
सांसद शाहले भन्नुभयो– प्रधानमन्त्री आजकल टिकटकमा अलिकति व्यस्त हुनुहुन्छ । यही व्यस्तताले एउटा काम बिर्सनु भएको छ । म सम्झाउन चाहन्छु– नयाँ सरकार बनेको महिनौं भइसक्यो तर, मन्त्रीहरूको सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद शाहले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै पारदर्शिता र जवाफदेहिताको नारा घन्काउनेहरू किन मौन छन ? भन्दै प्रश्न गर्नुभयो ।
मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट सुशासनको अपेक्षा गर्न नसकिने उहाँको भनाई छ । ‘मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट भ्रष्टाचारका फाइल खुल्ने आशा के गर्नु ?’ उहाँको प्रश्न छ ।
सांसद शाहले भन्नुभयो– तत्काल मन्त्रीहरूको विवरण सार्वजनिक गर्नुपर्दछ । सरकारले सुशासनको देखावटी नाटक बन्द गरोस्, मन्त्रीहरूको सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गरोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय