LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

मनाङको चामे गाउँपालिका–१ तिमाङ नजिकै जङ्गलमा भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सोमबार साँझ भएको हल्का वर्षाले केही मत्थर पारे पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो ।
यही माघ १८ गते बेलुकीदेखि भएको सो आगो पूर्णरूपमा नियन्त्रणमा आउन नसक्दा आगलागी तथा वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ पारित गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।
आगो पूर्णरूपमा नियन्त्रणमा नआएसम्म हरेक दिन बिहानैदेखि सम्पूर्ण निकायबाट सबै संयन्त्र तथा जनशक्ति आगलागी भएको क्षेत्रमा परिचालन गरी पूर्ण नियन्त्रणको प्रयास जारी रहने जनाइएको छ । जटिल भूगोलका कारण आगलागी नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
समयमा आगलागी नियन्त्रणमा लिन नसक्दा पशुहरूको चरन क्षेत्र नष्ट भएको छ भने राष्ट्रिय पन्छी डाँफेको बासस्थान र कोपिला लागेको लालीगुराँसको बोट नष्ट भएका छन् ।
यद्यपि जान सक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले आगलागी नियन्त्रणमा लिने प्रयास भने जारी नै छ । आगलागी अन्यत्र नफैलिओस् भनेर सुरक्षित गर्ने काम भने गरिसकेको तथा मानव बस्तीमा आगलागीको जोखिम नरहेको प्रजिअ आचार्यले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय