LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

मनाङको चामे गाउँपालिका–१ तिमाङ नजिकै जङ्गलमा भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सोमबार साँझ भएको हल्का वर्षाले केही मत्थर पारे पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो ।
यही माघ १८ गते बेलुकीदेखि भएको सो आगो पूर्णरूपमा नियन्त्रणमा आउन नसक्दा आगलागी तथा वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ पारित गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।
आगो पूर्णरूपमा नियन्त्रणमा नआएसम्म हरेक दिन बिहानैदेखि सम्पूर्ण निकायबाट सबै संयन्त्र तथा जनशक्ति आगलागी भएको क्षेत्रमा परिचालन गरी पूर्ण नियन्त्रणको प्रयास जारी रहने जनाइएको छ । जटिल भूगोलका कारण आगलागी नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
समयमा आगलागी नियन्त्रणमा लिन नसक्दा पशुहरूको चरन क्षेत्र नष्ट भएको छ भने राष्ट्रिय पन्छी डाँफेको बासस्थान र कोपिला लागेको लालीगुराँसको बोट नष्ट भएका छन् ।
यद्यपि जान सक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले आगलागी नियन्त्रणमा लिने प्रयास भने जारी नै छ । आगलागी अन्यत्र नफैलिओस् भनेर सुरक्षित गर्ने काम भने गरिसकेको तथा मानव बस्तीमा आगलागीको जोखिम नरहेको प्रजिअ आचार्यले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय