कपिलवस्तुको वाणगंगाबाट जुवाजन्य खेल लंगुरबुर्जा (खोरखोरे) खेल्नेक्रममा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वाणगंगा १० गोंगापुरमा खोरखोरे खेल्दैछन भन्ने गोप्य सुचनाको आधारमा नगद ३ लाख १५ हजार १ सय ८० रुपैया सहित १२ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
पक्राउ पर्नेमा वाणगंगा १० का राजेश विक, कृष्ण चौधरी शुद्धोधन गाँउपालिका २ का दिलिपकुमार लोध, रुपन्देही गैडहवा गाँउपालिकाका पशुपती जैसवाल, सोही पालिका वडा नम्बर ३ का सन्तोष यादव, मनोज राजपुत, अर्जुन कलवार, विक्रम क्षेत्री रहेका छन् ।



यसैगरी लुम्बिनी सांकृतिक नगरपालिकाका असलम मुसल्वान, बुटवल उपमहानगरका शंकर थापा, कञ्चन गाँउपालिकाका सर्वजित विक र चित्र बहादुर रानालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट ७ दिनको म्याद थप भई जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भैरहेको छ ।




