LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कपिलवस्तुको वाणगंगाबाट जुवाजन्य खेल लंगुरबुर्जा (खोरखोरे) खेल्नेक्रममा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वाणगंगा १० गोंगापुरमा खोरखोरे खेल्दैछन भन्ने गोप्य सुचनाको आधारमा नगद ३ लाख १५ हजार १ सय ८० रुपैया सहित १२ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

पक्राउ पर्नेमा वाणगंगा १० का राजेश विक, कृष्ण चौधरी शुद्धोधन गाँउपालिका २ का दिलिपकुमार लोध, रुपन्देही गैडहवा गाँउपालिकाका पशुपती जैसवाल, सोही पालिका वडा नम्बर ३ का सन्तोष यादव, मनोज राजपुत, अर्जुन कलवार, विक्रम क्षेत्री रहेका छन् ।

यसैगरी लुम्बिनी सांकृतिक नगरपालिकाका असलम मुसल्वान, बुटवल उपमहानगरका शंकर थापा, कञ्चन गाँउपालिकाका सर्वजित विक र चित्र बहादुर रानालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट ७ दिनको म्याद थप भई जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय