LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका वडा नंं ८ बाँसगढीमा रहेको सिटिजन बैंक इण्टरनेशनल लिमिटेडले एटिएम सेवा सुरु गरेको छ । बैंकको शाखा कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमका बीच बैंकका लुम्बिनी प्रदेश प्रमुख हरिप्रसाद घिमिरेले एटिएम सेवाको उदघाटन गर्नुभएको हो । उक्त कार्यक्रममा बैंकका लुम्बिनी प्रदेश असूली विभाग प्रमुख अर्जुनप्रसाद पौडेल र बाँसगढी क्षेत्रका स्थानीय समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

एटीएम सेवा शुभारम्भ कार्यक्रमको संचालन गर्दै बैंकका बाँसगढी शाखा प्रबन्धक रुद्रमणि सुवेदीले एटिएम सेवा सुचारु भएपछि सैनामैना, कञ्चन र गैडहवा क्षेत्रका ग्राहकहरुले सेवा पाउने बताउनुभयो ।

बाँसगढीको एटिएमसंगै बैंकको एटीएम सेवाको संख्या १ सय ६४ पुगेको छ । हालसम्म सिटिजन बैंकमा १९ लाख बढी ग्राहकले खाता संचालन गरि सेवा लिईरहेका छन । एटिएम प्रयोग गर्ने ग्राहकको संख्या करिव ४ लाख पुगेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय