सैनामैना नगरपालिका वडा नंं ८ बाँसगढीमा रहेको सिटिजन बैंक इण्टरनेशनल लिमिटेडले एटिएम सेवा सुरु गरेको छ । बैंकको शाखा कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमका बीच बैंकका लुम्बिनी प्रदेश प्रमुख हरिप्रसाद घिमिरेले एटिएम सेवाको उदघाटन गर्नुभएको हो । उक्त कार्यक्रममा बैंकका लुम्बिनी प्रदेश असूली विभाग प्रमुख अर्जुनप्रसाद पौडेल र बाँसगढी क्षेत्रका स्थानीय समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
एटीएम सेवा शुभारम्भ कार्यक्रमको संचालन गर्दै बैंकका बाँसगढी शाखा प्रबन्धक रुद्रमणि सुवेदीले एटिएम सेवा सुचारु भएपछि सैनामैना, कञ्चन र गैडहवा क्षेत्रका ग्राहकहरुले सेवा पाउने बताउनुभयो ।



बाँसगढीको एटिएमसंगै बैंकको एटीएम सेवाको संख्या १ सय ६४ पुगेको छ । हालसम्म सिटिजन बैंकमा १९ लाख बढी ग्राहकले खाता संचालन गरि सेवा लिईरहेका छन । एटिएम प्रयोग गर्ने ग्राहकको संख्या करिव ४ लाख पुगेको बैंकले जनाएको छ ।




