LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नंं १ सुन्दरनगर रातोडाँडामा २१ बर्षीय युवक सरोज परियारले आफ्नै आमा अन्दाजी ४१ बर्षीया पार्वती परियारको हत्या गरेका छन ।
विहिवार विहान करिव साढे एक बजे आफूले आमाको हत्या गरेको भन्दै सरोजले छिमेकीहरुलाई विहिवार विहानमात्रै जानकारी गराएका थिए ।
छिमेकी स्थानीय एक महिलाका अनुसार आमाको हत्या गरेपछि सरोजले आफू पुलिस चौकीमा जानकारी दिन आएको भन्दै आमाको आँखा फुटालेको बताएका थिए ।
छिमेकीका अनुसार सरोज पहिलेदेखि नै आपराधीक गतिविधिमा संलग्न रहेको र प्रहरीले समेत उनलाई पटकपटक पक्राउ गर्दै छोडदै आएको थियो । स्थानीय छिमेकीहरुले समेत सरोजबाट आफूहरु सुरक्षित नरहेको महुसस बेलाबेलामा गर्दै आएको सुनाएका छन ।
इलाका प्रहरी कार्यालय रुद्रपुरले घटनास्थलमा पुगेर हत्याको मुचुल्का तयार गरि स्थानीयसंग घटनाको बिषयमा सोधपुछ गरेको थियो ।
स्थानीय बासिन्दाले सरोज मानसिक रोगी समेत रहेको र धेरै पहिलेदेखि दुव्र्यसनीमा समेत संलग्न रहेको बताएका छन ।
घटनास्थलबाट प्रहरीले काटिएको अवस्थामा एउटा हातको बुढी औला र दुईवटै आँखा फुटालेको अवस्थामा शव सहित धारिलो हँसिया बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय