LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपदेहीको रुद्रपुर माध्यमिक विद्यालयको आयोजनामा टोनी हागन फाउण्डेसन नेपालको सहयोगमा टोनी हागनको उहिलेको नेपाल नामक फोटो प्रदर्शनी गरिएको छ ।

फोटो प्रदर्शनीमा भूगर्वविद टोनी हागनले ७० बर्ष अगाडि नेपाल भ्रमणको क्रममा खिच्नु भएको नेपालका बिभिन्न स्थानहरुको फोटो प्रदर्शनका लागि राखिएको छ ।

उहिलेको नेपाल नामक फोटो प्रदर्शनीको शुभारम्भ गर्दै कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशरबहादुर खत्रीले पुराना फोटोहरुको प्रदर्शनीले विद्यार्थीहरुलाई हाम्रो देशको तत्कालीन अवस्था र नेपालीको जनजीवनको बारेमा नजिकबाट नियाल्न र बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै टोनी हागन फाउण्डेसन नेपालका कोषाध्यक्ष तथा हिमाल पाक्षिक पत्रिकाका संस्थापक सम्पादक बसन्त थापाले टोनी हागनले आफू नेपाल भ्रमणमा आउँदा नेपालका विभिन्न स्थानहरुको भ्रमण गर्नुभएको र भ्रमणको क्रममा नेपालको भौगोलिक तथा जनजीवन र रहनसहनसंग नजिक रहेर विभिन्न समयमा वहाँले खिच्नु भएका तस्विरहरु मध्ये केही तस्विरहरुमात्र प्रदर्शनीमा राखिएको जानकारी गराउनु भयो ।

टोनी हागन भूगर्वविद मात्र नभई फोटो पत्रकार समेत भएको स्मरण गर्दै वहाँले भ्रमणको क्रममा लिएका दुर्लभ र ऐतिहासिक तस्विरहरुले उहिले नेपालको अवस्था कस्तो थियो र त्यसको बिकासक्रम कसरी हुँदैगयो भन्ने सिक्न सहज हुने उद्देश्यले विद्यालयमा फोटो प्रदर्शनी गरिएको बताउनु भयो ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनालको अध्यक्षता तथा प्रधानाध्यापक डोलाराम पौडेलको स्वागतमा भएको कार्यक्रममा विद्यालयका शिक्षक तथा पूर्व विद्यार्थी समाजका सहसचिव प्रकाश क्षेत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय