LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले शिक्षा बिनाको मान्छे सुगन्ध बिनाको फूल जस्तै हुने टिप्पणी गर्नुभएको छ । उहाँले समय सापेक्ष डिजिटल शिक्षामा अघि बढेर युग सुहाउँदो शिक्षा आर्जन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
रुपन्देहीको बुटवलस्थित क्यानन माध्यमिक विद्यालयको २८ औँ वार्षिकोत्सव तथा रजत जयन्ति २०८१ को अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुक्रबार उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपसभामुख रानाले बालबालिकाको पहिलो शिक्षक अभिभावक र दोस्रो शिक्षा दिने स्कुल रहेको उल्लेख गर्नुभयो ।

उपसभामुख रानाले विद्यार्थीलाई इमानदार, सादगी र सदाचारी बन्न समेत आग्रह गर्नुभयो ।
सो अवसरमा क्याननले नगद ५१ हजारसहित उपसभामुख राना मगरलाई अभिनन्दन गरेको थियो ।
त्यस्तै, राष्ट्रिय क्रिकेट खेलाडि देव खनाललाई अनुबन्धन समेत गरेको छ ।
त्यस्तैगरी क्यानन माविका संस्थापकहरु, उत्कृष्ट शिक्षक, कर्मचारी, सहयोगी सबैलाई प्रसंशापत्र, करुवा तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्राचार्य शंकर भण्डारीले विद्यालयलाई समय सापेक्ष परिवर्तन गरेर अघि बढ्नका लागि नयाँ भिजन तयार पारिएको उल्लेख गर्नुभयो ।

उहाँले अबको पाँच वर्षमा रुपन्देहीको नम्बर वान स्कुलका रुपमा परिवर्तन गरेर देखाउने दाबी गर्नुभयो ।
क्याननले तीन बर्षपछि खेलकुद र रचनात्मक कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो । विद्यालयमा प्ले ग्रुपदेखि १० कक्षासम्म ७ सय विद्यार्थी रहेका छन । यसैगरि विज्ञान र ब्यवस्थापन विषयमा गरि कक्षा ११ र १२ मा ३ सय २२ जना विद्यार्थीहरु अध्ययरत रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय