LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले शिक्षा बिनाको मान्छे सुगन्ध बिनाको फूल जस्तै हुने टिप्पणी गर्नुभएको छ । उहाँले समय सापेक्ष डिजिटल शिक्षामा अघि बढेर युग सुहाउँदो शिक्षा आर्जन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
रुपन्देहीको बुटवलस्थित क्यानन माध्यमिक विद्यालयको २८ औँ वार्षिकोत्सव तथा रजत जयन्ति २०८१ को अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुक्रबार उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपसभामुख रानाले बालबालिकाको पहिलो शिक्षक अभिभावक र दोस्रो शिक्षा दिने स्कुल रहेको उल्लेख गर्नुभयो ।

उपसभामुख रानाले विद्यार्थीलाई इमानदार, सादगी र सदाचारी बन्न समेत आग्रह गर्नुभयो ।
सो अवसरमा क्याननले नगद ५१ हजारसहित उपसभामुख राना मगरलाई अभिनन्दन गरेको थियो ।
त्यस्तै, राष्ट्रिय क्रिकेट खेलाडि देव खनाललाई अनुबन्धन समेत गरेको छ ।
त्यस्तैगरी क्यानन माविका संस्थापकहरु, उत्कृष्ट शिक्षक, कर्मचारी, सहयोगी सबैलाई प्रसंशापत्र, करुवा तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्राचार्य शंकर भण्डारीले विद्यालयलाई समय सापेक्ष परिवर्तन गरेर अघि बढ्नका लागि नयाँ भिजन तयार पारिएको उल्लेख गर्नुभयो ।

उहाँले अबको पाँच वर्षमा रुपन्देहीको नम्बर वान स्कुलका रुपमा परिवर्तन गरेर देखाउने दाबी गर्नुभयो ।
क्याननले तीन बर्षपछि खेलकुद र रचनात्मक कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो । विद्यालयमा प्ले ग्रुपदेखि १० कक्षासम्म ७ सय विद्यार्थी रहेका छन । यसैगरि विज्ञान र ब्यवस्थापन विषयमा गरि कक्षा ११ र १२ मा ३ सय २२ जना विद्यार्थीहरु अध्ययरत रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय