LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |
oppo_2

नेपालका प्रथम शहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ ।
प्रथम शहिद लखन थापा मगरको १४८ औं स्मृति दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले प्रथम शहिद थापा मगरलाई सम्मानका लागि राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले राष्ट्रिय विभूति घोषणा गरेर लखन थापा मगरको योगदानलाई सम्मान व्यक्त गर्नुपर्ने कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल मगर संघ केन्द्रीय समितिका सह अध्यक्ष दलबहादुर वीरकट्टा मगरले राज्यले प्रथम शहिद मात्रै घोषणा गर्ने तर उहाँको स्मृतिमा राज्यको तर्फबाट कुनै पनि सम्मानजनक कार्यहरु, गतिविधि तथा कार्यक्रमहरु पनि नगर्दा प्रथम शहिदको अपमान भएको बताउनुभयो ।
उहाँले शहिद लखन थापा मगरको शालिक काठमाडौंमा रहेको शहिद गेटमा अनावरण गर्नुपर्ने, मध्यपहाडी लोकमार्गको नाम शहिद लखन थापाको नामबाट नामाकरण गरिनुपर्ने लगायतका संघले राखेका मागहरु राज्यले पूरा गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा बोल्दै बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले शहिदहरुले देखाएको बाटोमा हिड्नु नै शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली र सम्मान हुने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय