रुपन्देहीको सैनामैनामा जारी दुधराक्ष कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ ।
त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधी हात पारेको हो ।
तेश्रो स्थानका लागि भएको प्रतिष्पर्धामा भने गण्डकी भलिबल क्लब शुक्रबार बिजयी भएको थियो ।
प्रतियोगिताको उपाधी संगै नेपाल पुलिस क्लबले ५ लाख ५५ हजार ५ सय ५५ सहित सिल्डमेडल र प्रमाणपत्र पाएको छ । त्यसैगरी उपविजेता त्रिभुवन आर्मी क्लबले ३ लाख ३३ हजार ३ सय ३३ प्राप्त गरेको छ ।
तेश्रो स्थानमा चित्त बुझाएको गण्डकी भलिबल क्लबले १ लाख ११ हजार १ सय ११ नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।
सान्त्वना हुने टोली मणिमुकुन्द भलिबल क्लबले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको बिजेता, उपविजेता लगायतको टिमलाई सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा लगायतले पुरस्कार, शिल्ड र प्रमाणपत्र वितरण गर्नुभयो ।







