LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

सैनामैना नगरपालिकाको वार्ड नम्वर १ मा रहेको सैनामैना मेमोरियल स्कुलले पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आयोजित उक्त कार्यक्रममा आठ सय बढी मेडल, शिल्ड तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष बुद्धिमान थापाको अध्यक्षता, प्रमुख अतिथि सैनामैना नगरपालिका वडा नः १ अध्यक्ष भुवन क्षेत्री, विशिष्ट अतिथिमा जनप्रतिनिधि प्रेम भुसाल, जनप्रतिनिधि नर ब. सुनार तथा विभिन्न संघसस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथि रहेको कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नः १ का वडा अध्यक्ष भुवन क्षेत्रीले सैनामैना मेमोरियल स्कुल यस क्षेत्रको गहना तथा गौरव भएकोले यस विद्यालयले गरेको प्रगतिमा स्थानीय सबैले खुसी व्यक्त गरिरहेको बताउनुभयो ।

मन्तव्यकै क्रममा अध्यक्ष क्षेत्रीले सैनामैना मेमोरियल स्कुल यस वडाको सम्पत्ति भएकोले स्कुलको गेटसम्मको बाटो पिच गरिदिने प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि वडा सदस्य प्रेम भुसाल, विद्यालयका प्रवन्ध निर्देशक जेबी क्षेत्री लगायतले मन्तव्य राखेको कार्यक्रममा प्राचार्य डिबी खत्रीले विद्यालयको प्रगति विवरण तथा भावी योजना बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष बुद्धिमान थापाले विद्यालयले शैक्षिक गतिविधिसंगै अतिरिक्त कृयाकलापलाई पनि महत्वपूर्ण ध्यान दिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शैक्षिक सल्लाहकार लिलाधर घिमिरेले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रकाश चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय