LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चन गाउँपालिका स्थित रुद्रपुर माध्यमिक विद्यालयमा नमूना युवा संसद् अभ्यास गरिएको छ ।
रुद्रपुर मध्यमिक विद्यालय, पूर्व विद्यार्थी समाज, रुदपुर मा.वि. र टोनी हागन फाउन्डेशन नेपालको संयुक्त आयोजनामा नमूना युवा संसदको अभ्यास गरिएको हो। विद्यार्थीलाई नेतृत्व विकास, संसदीय परम्परा र लोकतन्त्रमा अभ्यस्त बनाउन कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक डोलाराम पौडेलले बताउनु भयो।

नमूना युवा सांसद अभ्यास समापन पश्चात बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले विद्यालयमा संचालन गरिने विभिन्न अतिरिक्त कृयाकलाप अन्तर्गत सञ्चालन गरिएको नुमना युवा सांसद अभ्यासले विद्यार्थीको शैक्षिक ज्ञान सिप र सिर्जनशिलतासंगै व्यक्तित्व र नेतृत्व बिकासमा निकै ठूलो सहयोग गर्ने बिचार व्यक्त गर्नुभयो ।

फाउन्डेशनका सचिव तथा प्रतिनिधि सभाका पूर्व सांसद फटिक थापाले रुद्रपुर माध्यमिक विद्यालयका विद्यार्थीहरुले नमूना संसद बैठकमा उठाएका समसामयिक विषयले यहाँको वास्तविक कथा र समस्यालाई उजागर गरेको बताउनुभयो।

संसदको बैठक शुरु हुनासाथ संसदमा उपस्थित सांसदहरुले शुन्य समयमा फोहोरमैला व्यबस्थापन, देश निर्माण, महङ्गी, स्वास्थ्य सेवा, सामुदायिक विद्यालयमा प्रयाप्त दरवन्दी व्यवस्थापन, सडक दुर्घटना, जलवायु परिवर्तन, महिलाहरुमा हुने महिनावारीको समयमा आवस्यक पर्ने सेनेटरी प्याड लगायत बिषयमा सभामुख मार्फत सरोकारवाला मन्त्रालय र निकायका लागि ध्यानाकर्षण गराएका थिए ।
बिद्यार्थीहरु नै सभामुख, संसद सचिवालय, पत्रकार, मर्यादापालकको भूमिका निर्वाह गर्दै सञ्चालन भएको नुमना युवा संसद अभ्यासले उपस्थित अभिभावक, जनप्रतिनीधि, विद्यालयका शुभेच्छुक तथा टोल बिकासका प्रतिनीधिहरुले संसद भवनको झल्कोको अनुभव गर्न पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय