LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका वडा नं. ११ को बरौलीस्थित कञ्चन पुलबाट शनिबारदेखि माईक्रो सेवा शुभारम्भ भएको छ ।
सैनामैना नगरपालिका वडा नंं ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले माईक्रो बस सेवाको शुभारम्भ गर्नुभयो । त्यस अवसरमा बोल्दै उहाँले धेरै पहिले नै गर्नुपर्ने काम अहिले भएको बताउँदै यसबाट स्थानीय जनतालाई ठूलो सुविधा पुग्ने बताउनुभयो ।
अवदेखि सैनामैनाको वडा नं. ११ का गाउँहरु ताली, भचना, उत्तर बरौली, दक्षिण बरौली लगायतको क्षेत्रका स्थानीयले माईक्रो बसमार्फत सेवा पाउने छन् ।
यातायातको साधन नहुँदा पहिला अटोरेक्सामा बसेर ओहोरदोहोर गर्न बाध्य स्थानीयले अव माईक्रो बस सेवामार्फत सुविधा पाउनेछन ।
सेवा शुभारम्भ कार्यक्रममा पश्चिम नेपाल बस प्रालिका प्रतिनिधि डोरनाथ ढकालको समेत उपस्थिति रहेको थियो ।
सैनामैना ११ नम्बर वडा र पश्चिम वस प्रालिको समन्वयमा भाडा दर कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय