LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

सैनामैना नगरपालिका वडा नं. ११ को बरौलीस्थित कञ्चन पुलबाट शनिबारदेखि माईक्रो सेवा शुभारम्भ भएको छ ।
सैनामैना नगरपालिका वडा नंं ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले माईक्रो बस सेवाको शुभारम्भ गर्नुभयो । त्यस अवसरमा बोल्दै उहाँले धेरै पहिले नै गर्नुपर्ने काम अहिले भएको बताउँदै यसबाट स्थानीय जनतालाई ठूलो सुविधा पुग्ने बताउनुभयो ।
अवदेखि सैनामैनाको वडा नं. ११ का गाउँहरु ताली, भचना, उत्तर बरौली, दक्षिण बरौली लगायतको क्षेत्रका स्थानीयले माईक्रो बसमार्फत सेवा पाउने छन् ।
यातायातको साधन नहुँदा पहिला अटोरेक्सामा बसेर ओहोरदोहोर गर्न बाध्य स्थानीयले अव माईक्रो बस सेवामार्फत सुविधा पाउनेछन ।
सेवा शुभारम्भ कार्यक्रममा पश्चिम नेपाल बस प्रालिका प्रतिनिधि डोरनाथ ढकालको समेत उपस्थिति रहेको थियो ।
सैनामैना ११ नम्बर वडा र पश्चिम वस प्रालिको समन्वयमा भाडा दर कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय