LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं.६ पर्सामा इन्डो नेपाल क्रिकेट टुर्नामेन्ट शनिवारदेखि सुरु भएको छ ।
टुर्नामेन्टको नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले शनिबार एक समारोहका बीच उदघाटन गर्नुभयो
त्यस अवसरमा बोल्दै नेता शाहले नगरले जग्गा व्यवस्थापन गरे आर्थिक पूर्वाधार तयार गर्न संघबाट आवश्यक बजेट ल्याउन आफूले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले खेलाडीलाई शुभकामना दिदै उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना दिनुभयो ।
उहाँले खेलले अनुशासनको विकास गर्ने बताउँदै अनुशासित भयो मानिस आफ्नो जीवनमा सधै सफल हुने उल्लेख गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य फकरुद्दीन खाँले खेलले नितान्त व्यक्तित्व विकासमात्रै नगरी ठाउँको विकासका लागि खेलको माध्यमबाट फरक पहिचान बनाउने र उचाईमा पु¥याउने काम गरेको उल्लेख गर्नुभयो । उहाँले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन क्रिकेट खेलले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन खानले खेलको क्षेत्रमा लुम्बिनी सांस्कृतिक नगरपालिका धेरै अगाडी रहेको बताउँदै खेलबाट मित्रता बढाउन सहयोग पुग्ने बताउनु भयो । उहाँले खेलकै माध्यमबाट पालिका पालिकाबीचमा सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो । नगर प्रमुख खानले नेपाल भारत इण्डो नेपाल क्रिकेटले दुई देशबीचको भावनात्मक सम्बन्ध बढाउन सहयोग पुग्ने बताउनुभयो ।

रेस्पोन्स टिम लुम्बिनीको आयोजनामा भएको खेल उदघाटन समारोहको अध्यक्षता लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष नईमुल हक मुसलमानले गर्नुभएको थियो ।
एकसातासम्म संचालन हुने प्रतियोगिता उदघाटन समारोहको सञ्चालन नेपाली कांग्रेस क्षेत्र नं. ५ ख का सचिव अशोक गोश्वामीले गर्नुभएको थियो भने स्वागत खेल आयोजक रेस्पोन्स टिमका अध्यक्ष जमसेद खाँनले गर्नुभएको थियो ।
प्रतियोगितामा १६ नेपाली र १६ इन्डियन गरि ३२ टिमको सहभागिता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय