LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं.६ पर्सामा इन्डो नेपाल क्रिकेट टुर्नामेन्ट शनिवारदेखि सुरु भएको छ ।
टुर्नामेन्टको नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले शनिबार एक समारोहका बीच उदघाटन गर्नुभयो
त्यस अवसरमा बोल्दै नेता शाहले नगरले जग्गा व्यवस्थापन गरे आर्थिक पूर्वाधार तयार गर्न संघबाट आवश्यक बजेट ल्याउन आफूले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले खेलाडीलाई शुभकामना दिदै उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना दिनुभयो ।
उहाँले खेलले अनुशासनको विकास गर्ने बताउँदै अनुशासित भयो मानिस आफ्नो जीवनमा सधै सफल हुने उल्लेख गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य फकरुद्दीन खाँले खेलले नितान्त व्यक्तित्व विकासमात्रै नगरी ठाउँको विकासका लागि खेलको माध्यमबाट फरक पहिचान बनाउने र उचाईमा पु¥याउने काम गरेको उल्लेख गर्नुभयो । उहाँले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन क्रिकेट खेलले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन खानले खेलको क्षेत्रमा लुम्बिनी सांस्कृतिक नगरपालिका धेरै अगाडी रहेको बताउँदै खेलबाट मित्रता बढाउन सहयोग पुग्ने बताउनु भयो । उहाँले खेलकै माध्यमबाट पालिका पालिकाबीचमा सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो । नगर प्रमुख खानले नेपाल भारत इण्डो नेपाल क्रिकेटले दुई देशबीचको भावनात्मक सम्बन्ध बढाउन सहयोग पुग्ने बताउनुभयो ।

रेस्पोन्स टिम लुम्बिनीको आयोजनामा भएको खेल उदघाटन समारोहको अध्यक्षता लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष नईमुल हक मुसलमानले गर्नुभएको थियो ।
एकसातासम्म संचालन हुने प्रतियोगिता उदघाटन समारोहको सञ्चालन नेपाली कांग्रेस क्षेत्र नं. ५ ख का सचिव अशोक गोश्वामीले गर्नुभएको थियो भने स्वागत खेल आयोजक रेस्पोन्स टिमका अध्यक्ष जमसेद खाँनले गर्नुभएको थियो ।
प्रतियोगितामा १६ नेपाली र १६ इन्डियन गरि ३२ टिमको सहभागिता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय