LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आवधिक योजना र आयोजना बैंक मार्फत योजना छनोटको प्रक्रियालाई प्रभावकारी बनाइने बताउनु भएको छ ।
लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना तर्जुमा सम्वन्धि प्रदेश विकास परिषद्को बैठकलाई शनिबार लमहीमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले टुक्रे आयोजनालाई निरुत्साहित गर्न आवधिक योजना र आयोजना बैंकले समेटेका योजनाहरुलाई बार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताउनु भएको हो ।

प्रदेश सरकारले नयाँ योजना थप्ने भन्दा पनि अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकतामा राखेको बताउँदै मुख्यमन्त्री आचार्यले प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको विकासमा योगदान पु¥याउने योजनालाई सरकारले प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो ।

टुक्रे योजनालाई निरुत्साहित गर्न प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै उहाँले आगामी बजेटमा टुक्रे योजना घटाउछौं भन्नुभयो ।
आवधिक योजनालाई प्रदेश मन्त्रिपरिषद् बैठकबाट पारित गर्नु अघि प्रदेश विकास परिषद् बैठकमा प्राप्त सुझावहरुलाइ समेटिने मुख्यमन्त्री आचार्यले बताउनु भयो ।

मुख्यमन्त्रीले प्रदेश सरकार स्थापनाभएपछी विकास निर्माणको कामले गति लिएको, गाउँ शहरको मुहार फेरिएको, जनताको आधारभुत आवश्यकताहरु पुरा गर्न सरकारले सफलता प्राप्त गरिरहेको स्पष्ट पार्नुभयो ।
बैठकलाई पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी, पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्र संसदीय दल नेता जोखबहादुर महरा लगायतका वक्ताहरुले सम्वोधन गर्दै योजनाबद्ध विकास र प्रदेशका प्राथमिकताका आधारमा आवधिक योजनाले दिशा निर्देश गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय