भैरहवा, ४ फागुन
मेयर आवास कार्यक्रम अन्तरगत रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले धमाधम घर निर्माण गरिरहेको छ । चालु आर्थिक बर्षमा नगरपालिकाले उक्त कार्यक्रम अन्तरगत ७ परिवारको लागि घर निर्माण गर्दै छ ।
७ परिवारको लागी ठेक्का सम्झौता भै हाल घर निमार्णको काम तिव्र रुपमा भैरहेको नगरपालिकाका प्रमुख ईन्जिनियर साकार श्रेष्ठले जानकारी दिनुभयो ।
आवास कार्यक्रममार्फत सिनापा १ को नौडिहवामा मुन सरिफ, रानिगाँउमा राम शेवक अहिर, वडा नं ४ को दोघारामा जगदिश पाण्डे, एरपोर्ट नजिक मुराली केवट, वडा नं ६ को दयापथमा किस्मत हरिजन, वडा नं ८ को बसडिलियमा घनश्याम कहाँर र वडा नं ११ को भुजौलीमा अयोध्या भुँईहारको घर बन्दैछ ।



यि घरहरु चैत मसान्त भित्र सम्पन्न गरि सम्वन्धित घर धनिलाई हस्तान्तरण गर्ने गरी अहिले तिव्ररुपमा काम भैरहेको छ । कुल ३७ लाख ६२ हजारको लागतमा केटिएस बिल्डर प्रा.लीले घर निर्माणको काम गरिरहेको छ । एकतले टिनको छानो भएको घरमा बाथरुम, किचन, बेडरुम सहीत एक परिवारलाई बस्न मिल्ने सुविधा युक्त घर बनाएर नगरपालिकाले घर धनिलाई हस्तान्तरण गर्ने गर्दछ ।

नगरमा कोही पनि घर बहार बिहिन नहुन भन्ने उदेश्यले बिपन्न परिवारको लागी मेयर आवास कार्यक्रम अन्तरगत सिद्धार्थनगर नगरपालिकाले प्रत्येक बर्ष सुचना प्रकासित गरी बिपन्न ब्यक्ती छनौट गर्ने गर्दछ ।
छनौटमा परेका एवं विपन्नलाई निश्चित बजेट बिनियोजन गरी नगरपालिकाले प्रत्येक बर्ष कार्यक्रम सचांलन गर्दै आएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख ईस्तियाक अहमद खानले जानकारी दिनुभयो ।
कार्यक्रम प्रभावकारी देखिएकाले यसलाई नगरपालिकाले प्रत्येक बर्ष निरन्तरता समेत दिदै आएको छ । बजेट अभावका कारण एकै पटकमा धेरैलाई समेट्न नसकिएकाले आगामी दिनमा बजेट बढाएर कार्यक्रमलाई थप प्रभावकारी बनाउने उदेश्य नगरपालिकाको रहेका मेयर खाँले जानकारी दिनुभयो ।




