LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

भैरहवा, ४ फागुन
मेयर आवास कार्यक्रम अन्तरगत रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले धमाधम घर निर्माण गरिरहेको छ । चालु आर्थिक बर्षमा नगरपालिकाले उक्त कार्यक्रम अन्तरगत ७ परिवारको लागि घर निर्माण गर्दै छ ।
७ परिवारको लागी ठेक्का सम्झौता भै हाल घर निमार्णको काम तिव्र रुपमा भैरहेको नगरपालिकाका प्रमुख ईन्जिनियर साकार श्रेष्ठले जानकारी दिनुभयो ।

आवास कार्यक्रममार्फत सिनापा १ को नौडिहवामा मुन सरिफ, रानिगाँउमा राम शेवक अहिर, वडा नं ४ को दोघारामा जगदिश पाण्डे, एरपोर्ट नजिक मुराली केवट, वडा नं ६ को दयापथमा किस्मत हरिजन, वडा नं ८ को बसडिलियमा घनश्याम कहाँर र वडा नं ११ को भुजौलीमा अयोध्या भुँईहारको घर बन्दैछ ।

यि घरहरु चैत मसान्त भित्र सम्पन्न गरि सम्वन्धित घर धनिलाई हस्तान्तरण गर्ने गरी अहिले तिव्ररुपमा काम भैरहेको छ । कुल ३७ लाख ६२ हजारको लागतमा केटिएस बिल्डर प्रा.लीले घर निर्माणको काम गरिरहेको छ । एकतले टिनको छानो भएको घरमा बाथरुम, किचन, बेडरुम सहीत एक परिवारलाई बस्न मिल्ने सुविधा युक्त घर बनाएर नगरपालिकाले घर धनिलाई हस्तान्तरण गर्ने गर्दछ ।

नगरमा कोही पनि घर बहार बिहिन नहुन भन्ने उदेश्यले बिपन्न परिवारको लागी मेयर आवास कार्यक्रम अन्तरगत सिद्धार्थनगर नगरपालिकाले प्रत्येक बर्ष सुचना प्रकासित गरी बिपन्न ब्यक्ती छनौट गर्ने गर्दछ ।
छनौटमा परेका एवं विपन्नलाई निश्चित बजेट बिनियोजन गरी नगरपालिकाले प्रत्येक बर्ष कार्यक्रम सचांलन गर्दै आएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख ईस्तियाक अहमद खानले जानकारी दिनुभयो ।

कार्यक्रम प्रभावकारी देखिएकाले यसलाई नगरपालिकाले प्रत्येक बर्ष निरन्तरता समेत दिदै आएको छ । बजेट अभावका कारण एकै पटकमा धेरैलाई समेट्न नसकिएकाले आगामी दिनमा बजेट बढाएर कार्यक्रमलाई थप प्रभावकारी बनाउने उदेश्य नगरपालिकाको रहेका मेयर खाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय