LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना ४,फागुन

रुपन्देहीको सैनामैनामा प्रथम वडा कप वडास्तरीय नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । सैनामैना ५ बुद्धनगरमा रहेको युवा सञ्जालको आयोजनामा यही फागुन ४ देखि १० गतेसम्म हुने प्रतियोगिताको उदघाटन आईतबार एक समारोहका वीच सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्माले गर्नुभयो ।
त्यस अवसरमा बोल्दै नगर प्रमुख शर्माले सैनामैनामा भैरहेको खेलकुद प्रतियोगिताले आफूहरुलाई उत्साहित बनाएको बताउँदै आईतबारदेखि सुरु भएको वडाकप फुटवल प्रतियोगिताले सैनामैनालाई खेलकुदको नर्सरीको रुपमा स्थापित गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतियोगिता आयोजक युवा सञ्जाल सैनामैना ५ का अध्यक्ष राजेन्द्र घिमिरेले प्रतियोगिता आयोजना गर्दा केही चुनौति र केही अवसर सिर्जना भएको उल्लेख गर्दै सैनामैनामा रहेका प्रतिभावान खेलाडीको संरक्षण गर्नेतर्फ नगरपालिकाले सोच्नुपर्ने बताउनुभयो । उहाँले सैनामैनामा भलिबल, फुटवल, क्रिकेट लगायत खेल क्षेत्रका प्रतिभावान खेलाडी रहेको उल्लेख गर्दै सैनामैनाले अपनत्व ग्रहण नगरे खेलाडी विस्थापन हुने भएकोले सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।प्रतियोगितामा सैनामैनाका वडा नं. १ देखि ११ वटै वडा र आयोजकको टिम गरि १२ टोलीको सहभागिता रहेको छ ।

फागुन१० गतेसम्म हुने प्रतियोगिता सैनामैनाको बक्सडस्थित कोटिया खेल मैदानमा संचालन भैरहेको छ ।  प्रतियोगिता अवधिभर ८ हजार दर्शकले खेल अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रतियोगिताको विजेता हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले २५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताखेल संयोजक रेवन्तबहादुर सिंजालीको स्वागतमा भएको उदघाटन समारोहको संचालन क्लवका सचिव मिनप्रसाद पाण्डेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय