LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना ४,फागुन

रुपन्देहीको सैनामैनामा प्रथम वडा कप वडास्तरीय नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । सैनामैना ५ बुद्धनगरमा रहेको युवा सञ्जालको आयोजनामा यही फागुन ४ देखि १० गतेसम्म हुने प्रतियोगिताको उदघाटन आईतबार एक समारोहका वीच सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्माले गर्नुभयो ।
त्यस अवसरमा बोल्दै नगर प्रमुख शर्माले सैनामैनामा भैरहेको खेलकुद प्रतियोगिताले आफूहरुलाई उत्साहित बनाएको बताउँदै आईतबारदेखि सुरु भएको वडाकप फुटवल प्रतियोगिताले सैनामैनालाई खेलकुदको नर्सरीको रुपमा स्थापित गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतियोगिता आयोजक युवा सञ्जाल सैनामैना ५ का अध्यक्ष राजेन्द्र घिमिरेले प्रतियोगिता आयोजना गर्दा केही चुनौति र केही अवसर सिर्जना भएको उल्लेख गर्दै सैनामैनामा रहेका प्रतिभावान खेलाडीको संरक्षण गर्नेतर्फ नगरपालिकाले सोच्नुपर्ने बताउनुभयो । उहाँले सैनामैनामा भलिबल, फुटवल, क्रिकेट लगायत खेल क्षेत्रका प्रतिभावान खेलाडी रहेको उल्लेख गर्दै सैनामैनाले अपनत्व ग्रहण नगरे खेलाडी विस्थापन हुने भएकोले सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।प्रतियोगितामा सैनामैनाका वडा नं. १ देखि ११ वटै वडा र आयोजकको टिम गरि १२ टोलीको सहभागिता रहेको छ ।

फागुन१० गतेसम्म हुने प्रतियोगिता सैनामैनाको बक्सडस्थित कोटिया खेल मैदानमा संचालन भैरहेको छ ।  प्रतियोगिता अवधिभर ८ हजार दर्शकले खेल अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रतियोगिताको विजेता हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले २५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताखेल संयोजक रेवन्तबहादुर सिंजालीको स्वागतमा भएको उदघाटन समारोहको संचालन क्लवका सचिव मिनप्रसाद पाण्डेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय