LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चन गाउपालिकाले पालिका भित्रका सामुदायिक बिद्यालयहरुमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलागि सञ्चालन गरेको १ महिने निःशुल्क आधारभूत कम्प्युटर तालिमको समापन गरिएको छ।

तालिममा सहभागी विद्यार्थीहरुलाई सहभागिताको प्रमाण पत्र प्रदान गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले समयानुसार बिकसित कुनै पनि प्रविधिको दुरुपयोग नगर्न आग्रह गर्दै आधुनिक प्रविधिको अधिक्तम उपयोगले ज्ञान विज्ञानको भण्डारलाई बृद्धि गर्नुको साथै अन्तरराष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धी बन्न सकिने बताउनु भयो।

प्रविधिको उपयोगले मानसिक रुपमा समेत भविष्यमा आउन सक्ने विभिन्न अप्ठ्याराहरुको सामना गर्न नयाँ नयाँ प्रविधिहरुको समेत आविस्कार गर्न सिकाउने भएकोले प्रविधिहरुको सही रुपमा उपयोग गर्न लगाउने उद्धेश्यका साथ पालिकाले निःशुल्क तालिमा सञ्चालन गरेको जानकारी दिनुभयो।

यस्तै उपाध्यक्ष मौसमी थापा मगरले प्रविधिहरुको दुरुपयोगले अपराधिकरणतर्फ उन्मुख गराउने भएकोले प्रविधिहरुको सही सदुपयोग गराउन उत्प्रेरित गर्नकै लागि विद्यार्थीहरुलाई निःशुल्क आधारभूत कम्प्युटर तालिम सञ्चालन गरिएको बताउनु भयो। सिकेको सिपलाई आफ्नो व्यबहारिक ज्ञान हासिल गर्नमा प्रयोग गर्न सके सूचना प्रविधिबाटै स्वरोजगारको नयाँ बाटो कोर्न सकिने उपाध्यक्ष थापा मगरले उल्लेख गर्नुभयो।

एपेक्स म्यानेवमेन्ट प्रा।लि।को प्रविधिक सहयोगमा कञ्चनका १०० विद्यार्थीहरुलाई प्रगती माध्यमिक विद्यालय, गजेडी माध्यमिक विद्यालय, लुम्बिनी ज्ञाननिकेतन माध्यमिक विद्यालय, हरैया माध्यमिक विद्यालय र रुद्रपुर माध्यमिक विद्यालयमा उक्त तालिम प्रदान गरिएको हो।

कञ्चन गाउँपालिकाको आयेजनामा सञ्चालन भएको आधारभूत कम्प्युटर तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट सजिता अर्याल, शोभा परियार र एलिना पुरीले तालिम अवधीभरको अनुभव बताएका थिए। कञ्चन गाउँपालिका शिक्षा शाखा प्रमुख रमेश भूसालले स्वागत गर्नु भएको कार्यक्रममा एपेक्स म्यानेजमेन्ट प्रा।लि।का अरुण अर्यालले सञ्चालन गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय