LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ११ मा नयाँ स्वास्थ्य चौकी बन्ने भएको छ । स्वास्थ्य चौकीको सोमबार एक समारोहका बीच शिलान्यास गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले स्वास्थ्य चौकीको स्थापनाले यस क्षेत्रका जनताको स्वास्थ्यमा सुधार गर्न सहयोग पुग्ने विशवास ब्यक्त गर्नुभयो ।

उहाँले जनताले पाउनुपर्ने आधारभूत स्वास्थ्य सेवा सैनामैनाका जनताले पाउने उल्लेख गर्दै छिमेकी पालिकाका स्थानीयले पनि सालझण्डीबाट आधारभूत स्वास्थ्य सेवा पाउने बताउनुभयो ।

सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले स्थानीय सैनामैनामा रहेको विभिन्न संघ संस्थाहरुले पनि स्थानीय सरकारलाई सहयोग गर्नुपर्ने बताउँदै स्थानीय सरकारले मात्रै सवै गर्नुपर्छ भन्ने भावना राख्न नहुने बताउनुभयो । उहाँले स्थानीय सरकारलाई हातमा हात काँधमा काँध मिलाएर सहयोग गरेमा स्थानीय सरकारले धेरै राम्रो काम गर्न सक्ने उल्लेख गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले धेरै ठूलो मेहनत गरेर स्वास्थ्य चौकी बनाउन जग्गा नगरपालिकाको मातहतमा ल्याउन सफल भएको बताउनु भयो । उहाँले सार्वजनिक र नीजि जग्गा प्राप्त गर्ने कार्यविधि फलो गरेर नगरपालिकाले मालपोत कार्यालय र भूमि ब्यवस्था मन्त्रालयमार्फत जग्गा प्राप्ति गरी स्वास्थ्य चौकी शिलान्यास गर्न सफलता पाएको बताउनुभयो ।

सैनामैना नगरपालिका वडा नंं ११ का वडा अध्यक्ष रामप्रसाद भुसालको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं ११ का निवर्तमान वडा अध्यक्ष सुनिल मरासिनी, जग्गा सहजीकरणका सदस्य टेकनारायण रेग्मी, राजापानी सामुदायिक वनका अध्यक्ष श्याम राना लगायतले बोल्दै नयाँ स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएपछि यस क्षेत्रका विरामीलाई ठूलो सुविधा पुग्ने बताउनुभयो ।

६३ लाख बजेट रहेको भवनका लागि जेठ १५ मा निर्माण सम्पन्न हुने गरी श्रीकृष्ण कन्स्ट्रक्सन सैनामैना ११ ले ५६ लाख ४८ हजार ९४ रुपैयामा ठेक्का पाएको छ । कार्यक्रमको सञ्चालन सालझण्डी स्वास्थ्य चौकीका प्रमुख बुद्धिप्रसाद ज्ञवालीले गर्नुभएको थियो भने स्वागत सिनियर अनमी स्मिता खनालले गर्नुभएको थियो ।
स्वास्थ्य चौकी बनाउन स्थानीय संघ संस्था र स्थानीयले जग्गा दिएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय