LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको सम्बन्धमा प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले जोडदार रूपमा आवाज उठाएका छन् ।

रुपन्देहीकी लम्सालको ओडिसास्थित केआईआईटी कलेजमा आईतबार मृत्यु भएको थियो ।
उक्त घटनापछि कलेज प्रशासनले थप नेपालीहरूलाई दुव्र्यवहार गरेको तथा कलेजबाट बाहिर निकालेको विषयको विरोध भइरहेको छ ।

सोही विषयलाई प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले जोडदार रूपमा उठाएका हुन् ।
यसैगरी भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ ।

मङ्गलबार नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन (नेविसङ्घ) पब्लिक युथ कलेजले लम्सालको न्यायका लागि विरोध प्रदर्शन गरेको हो ।
नेपाली विद्यार्थीहरूलाई छात्रावासबाट निकालेपछि अवस्था झनै तनावग्रस्त बनेको थियो ।
उता नेपाली विद्यार्थीहरूमाथि दुव्र्यवहार भएको घटनामा भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले माफी मागेको छ ।

विश्वविद्यालयका उपकुलपति शरणजित सिंहले विज्ञप्ति निकालेर नेपाली विद्यार्थीहरूमाथि गरिएको व्यवहारप्रति खेद व्यक्त गर्दै माफी माग्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय