LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

सैनामैना नगरपालिका (रूपन्देही) बाट संयुक्त अरब इमिरेट्स यूएईमा बिभिन्न प्रयोजनमा बसोबास गर्ने युवाहरूको संगठित संस्था सैनामैना सेवा समाज यूएईले सैनामैना नगरपालिका भित्र संचालित सामुदायिक बिधालयमा ३ लाख बराबरको अक्षयकोष स्थापना गरेको छ ।

समाजले शिक्षाको पहुँचमा सबै बालबालिकाहरूको सुनिश्चितता कायम होस् भन्ने उदेश्यले नगरभित्रका साबिक दुधराक्ष, पर्राेहा र सालझन्डी गरि ३ वटा बिद्यालयमा १÷१ लाखका दरले ३ लाख बराबरको अक्षयकोष स्थापना गरेको हो ।

मंगलबार सालझन्डी १० पानबारी स्थित कंचन आधारभुत बिधालयमा १ लाखको अक्षयकोष स्थापना गरिएको छ । यसअघि सैनामैना ३ स्थित जनज्योति आधारभूत बिद्यालय र सैनामैना ५ स्थित मलमला माध्यमिक बिधालयमा १÷१ लाखको अक्षयकोष स्थापना गरिसकिएको छ ।

मंगलवार आयोजित कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले शिक्षा क्षेत्रमा समाजले गरेको योगदान सहरानीय भएको बताउनुभयो ।

शिक्षाको पहुँचमा सबै बालबालिकाको सुनिश्चितता कायम हुनुपर्ने बताउदै उहाँले सैनामैना समाजले यो अभियानलाई सार्थक बनाउन सहयोग गरेको उल्लेख गर्नुभयो । उहाँले बिदेशमा रहेरपनि आफ्नो ठाउँ समाजको बिकासमा लाग्न समाजलाई शुभकामना व्यक्त गर्नुभयो ।

सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले सैनामैना समाज युएईमा कृयाशिल संस्था रहेको बताउदै समाजले शिक्षासंगै अन्य सामाजिक कामहरू गरेको भन्दै प्रशंसा गर्नुभयो ।
सो अवसरमा बोल्दै संस्थाका बरिस्ठ उपाध्यक्ष केशव भट्टराइले सैनामैना समाजले युएईमा रहनुभएका सबै सैनामैनाबासीहरूको साथ र सहयोगले सामाजिक काम गर्दै आएको बताउनुभयो । उहाँले समाजले सैनामैना नगर बिकाशमा साथ दिदै बिभिन्न सामाजिक काम गर्दै जाने बताउनुभयो ।

सैनामैना सेवा समाज युएईका महासचिव सुरेन्द्र परियारले सैनामैना सेवा समाजले सामाजिक क्षेत्रमा थुप्रै कार्य गर्दै आएको बताउँदै पछिल्लोसमय सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको जानकारी दिनुभयो । त्यसका अतिरिक्त असहाय, पीडित तथा विपदमा परेकालाई पनि सहयोग गर्दै आएको र भोलीको दिनमा पनि सैनामैनाको विकासमा एकाकार गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष लक्ष्मण श्रीस, नेपाल रेडक्रस सोसाइटि लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पंगेनी, सामाजिक अभियन्ता डोलराज भण्डारी लगायतले सुभकामना दिनुभएको थियो ।
सोही अवसरमा संस्थाका बरिष्ठ उपाध्यक्ष भट्टराईकी आमा राधिकादेबी भट्टराईले करिब ६० जना बिधार्थी बालबालिकाहरूलाई कापी कलम लगायतका शैक्षिक सामाग्री प्रदान गर्नुभयो ।
सैनामैना सेवा समाजका बरिस्ठ उपाध्यक्ष केशव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका संरक्षक मोहनबिर बमरेलको स्वागत एबं महासचिव सुरेन्द्र परियारको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय