LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

हिमलाय सामुदायिक बिकास केन्द्र, कञ्चन ४, दियो रुपन्देहीको आयोजनामा सञ्चालित कञ्चन कप १६ औं संस्करणको दोश्रो दिन एक खेल सम्पन्न भएको छ। हिजो भएको दोश्रो दिनको खेलमा हिमालय एफ।सी। ९आयोजक० र ईभोलुशन क्लव अफ बुटवल बिच प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितामा हिमालयय एफ।सी।ले इभोलुशनलाई ३० गोल अन्तरले पराजित गरी प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गर्न सफल भएको हो। हिमालयको जितमा बिनय गायक, विश्व थापा र बसन्त थापाले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच हिमालय कै गोलकर्ता बिनय गायक घोषित भएका छन।

प्रतियोगिता अन्तर्गत फागुन आज बुधबारको पहिलो क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र चाँदनी युवा क्लब, दानापुरबीच हुने खेल संयोजक संजय विश्वकर्माले जानकारी दिनु भएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद २ लाख १ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन। यस्तै उपविजेता टिमले नगद १ लाख १ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन। रुपन्देही, कपिलबवस्तु र नवलपरासीका १० फुटवल टिमहरुले सहभागिता जनाएको उक्त प्रतियोगिता फागुन १४ महाशिवरात्रीका दिनसम्म संचालन हुनेछ।

स्थानीय श्रोत र साधनहरुको परिचालन गर्दै बि।सं। २०६६ साल देखि हिमालय गोल्डकपको रुपमा संचालन हुदै आइरहेको १२ औं संस्करणको उक्त फुटवल प्रतियोगितालाई २०७७ सालमा प्रथम कञ्चन गाउँपालिका अध्यक्ष कपको रुपमा सञ्चालन गरिएको थियो। उक्त प्रतियोगितालाई कञ्चन गाउँपालिकाले नियमित रुपमा अपनत्व र अभिभावकत्व नगर्ने भएपछि पुनः १३ औं संस्करण देखि कञ्चन कपको रुपमा संचालन हुदै १६ औं संस्कुरमा आइपुगेको हो।

करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको यस बर्षको संस्करणमा सर्वोकृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैया, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही ५ हजार ५ सय रुपैया सहित ट्रफीको व्यबस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियेगितामा सैनामैना कलेज सैनामैना, राजेश स्मृति फाउन्डेसन कपिलवस्तु, देश भक्त एफ। सी। नवलपरासी, चाँदनी युवा क्लब कञ्चन फर्साटिकर एफ।सी। शुद्धोधन, हिमालय एफ।सी। ९आयोजक०, इभोलुशन क्लब अफ बुटवल, भैरव स्पोर्टस क्लब नवलपरासी, योङ्ग बोईज देवदह, सम्पुर्ण एफ।सी। सुपौलीले सहभागिता जनाएका छन।

गाउपालिका, संघ, संस्था र स्थानीयहरुबाट प्राप्त हुने आर्थिक र भौतिक सहयोग नै प्रतियोगिताको मुख्य आर्थिक श्रोत भएको प्रतियोगितामा हरेक खेलको म्यान अफ द म्याचका लागि जनही १ हजार १ सय रुपैया र ट्रफी समेत प्राप्त गर्नेछन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय