LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

हिमलाय सामुदायिक बिकास केन्द्र, कञ्चन ४, दियो रुपन्देहीको आयोजनामा सञ्चालित कञ्चन कप १६ औं संस्करणको दोश्रो दिन एक खेल सम्पन्न भएको छ। हिजो भएको दोश्रो दिनको खेलमा हिमालय एफ।सी। ९आयोजक० र ईभोलुशन क्लव अफ बुटवल बिच प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितामा हिमालयय एफ।सी।ले इभोलुशनलाई ३० गोल अन्तरले पराजित गरी प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गर्न सफल भएको हो। हिमालयको जितमा बिनय गायक, विश्व थापा र बसन्त थापाले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच हिमालय कै गोलकर्ता बिनय गायक घोषित भएका छन।

प्रतियोगिता अन्तर्गत फागुन आज बुधबारको पहिलो क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र चाँदनी युवा क्लब, दानापुरबीच हुने खेल संयोजक संजय विश्वकर्माले जानकारी दिनु भएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद २ लाख १ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन। यस्तै उपविजेता टिमले नगद १ लाख १ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन। रुपन्देही, कपिलबवस्तु र नवलपरासीका १० फुटवल टिमहरुले सहभागिता जनाएको उक्त प्रतियोगिता फागुन १४ महाशिवरात्रीका दिनसम्म संचालन हुनेछ।

स्थानीय श्रोत र साधनहरुको परिचालन गर्दै बि।सं। २०६६ साल देखि हिमालय गोल्डकपको रुपमा संचालन हुदै आइरहेको १२ औं संस्करणको उक्त फुटवल प्रतियोगितालाई २०७७ सालमा प्रथम कञ्चन गाउँपालिका अध्यक्ष कपको रुपमा सञ्चालन गरिएको थियो। उक्त प्रतियोगितालाई कञ्चन गाउँपालिकाले नियमित रुपमा अपनत्व र अभिभावकत्व नगर्ने भएपछि पुनः १३ औं संस्करण देखि कञ्चन कपको रुपमा संचालन हुदै १६ औं संस्कुरमा आइपुगेको हो।

करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको यस बर्षको संस्करणमा सर्वोकृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैया, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही ५ हजार ५ सय रुपैया सहित ट्रफीको व्यबस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियेगितामा सैनामैना कलेज सैनामैना, राजेश स्मृति फाउन्डेसन कपिलवस्तु, देश भक्त एफ। सी। नवलपरासी, चाँदनी युवा क्लब कञ्चन फर्साटिकर एफ।सी। शुद्धोधन, हिमालय एफ।सी। ९आयोजक०, इभोलुशन क्लब अफ बुटवल, भैरव स्पोर्टस क्लब नवलपरासी, योङ्ग बोईज देवदह, सम्पुर्ण एफ।सी। सुपौलीले सहभागिता जनाएका छन।

गाउपालिका, संघ, संस्था र स्थानीयहरुबाट प्राप्त हुने आर्थिक र भौतिक सहयोग नै प्रतियोगिताको मुख्य आर्थिक श्रोत भएको प्रतियोगितामा हरेक खेलको म्यान अफ द म्याचका लागि जनही १ हजार १ सय रुपैया र ट्रफी समेत प्राप्त गर्नेछन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय