LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

जिल्ला प्रहरी कार्यालय बाँकेले गत दुई महिनाको अवधिमा १२६ जना फरार आरोपित पक्राउ गरेको छ ।

ती अपराधीलाई पुस र माघ महिनामा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जिल्लामा फरार यस्ता व्यक्ति पक्राउ गर्ने विशेष अभियान चलाइएको जानकारी दिनुभयो । गत पुस र माघ महिनामा मात्रै १२६ जना फरार अपराधी पक्राउ गर्न सफल भएको बताउनुभयो ।

माघ महिनामै महिला बालबालिकासम्वन्धी १० वटा मुद्दा दर्ता भएकोमा ९ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको, घरेलु हिंसा सम्बन्धी ४० वटा उजुरी प्राप्त भएकोमा ३३ वटा फस्र्यौट भएको बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको, सामाजिक हिंसा सम्बन्धि २२ वटा उजुरी प्राप्त भएकोमा २१ वटा मिलापत्र गरिएको बाँकी प्रक्रियामा रहेको, हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धमा ५५ वटा निबेदन प्राप्त भएकोमा २६ जना फेला पारी अभिभावकको जिम्मा लगाईएको र बाँकी

खोजतलासको क्रममा रहेको, सिमानाकाबाट ११६ जना महिला, बालबालिका तथा जेष्ठनागरिकहरुलाई उद्धार गरिएको र अलपत्र अवस्थामा ५६ जनालाई फेला पारी ५१ जनालाई संरक्षणको लागि संस्थामा पठाईएको पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय