LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

जिल्ला प्रहरी कार्यालय बाँकेले गत दुई महिनाको अवधिमा १२६ जना फरार आरोपित पक्राउ गरेको छ ।

ती अपराधीलाई पुस र माघ महिनामा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जिल्लामा फरार यस्ता व्यक्ति पक्राउ गर्ने विशेष अभियान चलाइएको जानकारी दिनुभयो । गत पुस र माघ महिनामा मात्रै १२६ जना फरार अपराधी पक्राउ गर्न सफल भएको बताउनुभयो ।

माघ महिनामै महिला बालबालिकासम्वन्धी १० वटा मुद्दा दर्ता भएकोमा ९ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको, घरेलु हिंसा सम्बन्धी ४० वटा उजुरी प्राप्त भएकोमा ३३ वटा फस्र्यौट भएको बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको, सामाजिक हिंसा सम्बन्धि २२ वटा उजुरी प्राप्त भएकोमा २१ वटा मिलापत्र गरिएको बाँकी प्रक्रियामा रहेको, हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धमा ५५ वटा निबेदन प्राप्त भएकोमा २६ जना फेला पारी अभिभावकको जिम्मा लगाईएको र बाँकी

खोजतलासको क्रममा रहेको, सिमानाकाबाट ११६ जना महिला, बालबालिका तथा जेष्ठनागरिकहरुलाई उद्धार गरिएको र अलपत्र अवस्थामा ५६ जनालाई फेला पारी ५१ जनालाई संरक्षणको लागि संस्थामा पठाईएको पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय