LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

श्री रुद्रपुर माध्यमिक विद्यालय, कञ्चन ४ अस्नैया रुपन्देहीको सभाहल निर्माण कार्यको आज देखि शुरु भएको छ। उक्त सभाहल निर्माणका लागि लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री भूमिश्वर ढकालले शिलन्यस गर्नु भएको छ।

सभाल निर्माणको शुभराम्भ गर्दै मन्त्री ढकालले विद्यालयको शैक्षिक तथा भौतिक पक्षलाई सवल बनाउनु हरेक अभिभावक र सरोकारवालाहरुको अनिवार्य जिम्मेवारी भएको बिचार व्यक्त गर्नु भएको छ। कुनै एक वा दुई पक्षको प्रयासले कुनै पनि शैक्षिक क्षेत्रहरुको बिकास र गुणस्तरीयतामा बृद्धि नहुने भएकोले शिक्षक, अभिभावक, विद्यार्थी, जनप्रतिनीधि र विद्यालयका शुभेच्छुक तथा सरोकारवालाहरुको भूमिका विद्यालयप्रति सकारात्मक सोंच र सहकार्य महत्वपुर्ण हुने मन्त्री ढकालले बताउनु भयो।

रुपन्देही क्षेत्र नं। ५९क०का सभासद समेत रहनु भएका मन्त्री ढकालले विद्यालयमा निर्माण गर्न लागिएको सभाहललाई पुर्णता दिन म सदैव प्रतिवद्ध रहने र मेरो कार्यावधीसम्म सभाहल पुरा गर्ने र यस विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न आवस्क सहयोग र पहलका लागि समन्वय प्रतिवद्धता व्यक्त गर्दछु रमन्त्री ढकालले बताउनु भयो।

यस्तै कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनको शिक्षालाई गुणस्तरीय बनाउन विद्यालयमा सञ्चालन गरिने शैक्षणिक कृयाकलापहरुको साथमा त्यससंग जोडिने भौतिक पक्षमा समेत अव्वल हुनु पर्ने उल्लेख गर्दै आफु गाउँपालिकाको अध्यक्ष हुँदा शैक्षिक क्षेत्रहरुमा लगानी गरेको स्मरण गर्नुभयो। यसैगरी वडा नं। ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट भएको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै यहाँको शिक्षालाई अभिभावकहरुको समेत आकर्षणको केन्द्र बनाउन सबै एक भएर लाग्नु पर्ने बिचार व्यक्त गर्नुभयो।

विद्यलालय व्यबस्थापन समितिका अध्यक्ष चिरञ्जीजी खनालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको स्वर्णमहोत्सव २०८१ का आर्थिक संकलन उपसमितिका संयोजक रुम बहादुर फौंजाले समेत स्वर्णमहोत्सवको अवसरमा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनार्थ तथा अक्षयकोष स्थापनार्थ प्राप्त आर्थिक तथा भौतिक सहयोग र खर्च विवरण समेत सार्वजनिक गर्नुभएको थियो।

विद्यालयका प्रधानाध्यापक डोलाराम पौडेलको स्वागतमा भएको कार्यक्रममा स्वर्णमहोत्सवको अवसरमा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो। कार्यक्रम विद्यालयको प्रांगणमा भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय