LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

बुटवल ११ देवीनगरमा रहेको नविन औद्योगिक कद्दरबहादुर रिता माध्यमिक विद्यालयले विहिबार नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगितामा बुटवलका सामुदायिक र संस्थागत गरि १७ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम गार्गी एकेडेमी बुटवल, दोश्रो कान्ति माध्यमिक विद्यालय र तृतीय न्यू होराईजन इङलिश बोर्डिङ स्कुल भएको छ ।

बिजयी सहभागी विद्यालयलाई बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी र विद्यालयका सहप्रधानाध्यापक रोमनाथ घिमिरेले नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गर्नुभएको थियो ।

हाजिरीजवाफ प्रतियोगितामा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्याल हुनुहुन्थ्यो ।

हाजिरीजवाफ प्रतियोगिताको अध्यक्षता विद्यालयका सहायक प्रधानाध्यापक रोमनाथ घिमिरेले गर्नुभएको थियो भने कार्यक्रम संयोजक क्वीज मास्टर अर्जुन चापागाई हुनुहुन्थ्यो । त्यसैगरी स्वागत मन्तब्य शिक्षक लक्ष्मण भुसालले गर्नुभएको कार्यक्रमको संचालन शिक्षक केशवराज पन्थले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय