नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासको रछ्यानमा मिल्काईएका तत्वहरू सल्बलाएको टिप्पणी गर्नुभएको छ ।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले देशमा राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको दाबी समेत गर्नुभयो ।
सरकारको उपलब्धि दिनप्रतिदिन नराम्रो हुँदै गएको र जनतामा सरकारप्रति आक्रोश र असन्तुष्टि पोखिँदै गएको प्रचण्डको भनाई छ ।



उहाँले सरकारप्रतिको आक्रोश र असन्तुष्टिलाई लिएर पूर्वराजा शाहले राजदरबारमा पुनरागमन गर्न भन्दै दिवा सपना देख्ने गरेको जिकिर गर्नुभयो ।
प्रचण्डले भन्नुभयो– ‘सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरूले आफ्नो आफ्नो हिसाबले प्रयोग गर्ने कोसिस पनि गरिरहेका छन् । मलाई लाग्छ तपाईँहरू सबैले यो कुरालाई महसुस गरिरहनुभएकै छ । अझ त्यसमा पनि इतिहासको एउटा रछ्यानमा मिल्काइएका तत्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने हो की भन्ने दिवा सपनामा छन् ।
प्रचण्डले अन्तर्राष्ट्रिय संघ संस्थाले नेपाली कांग्रेस र नेकपा एमालेलाई तोकेरै ठगहरू हुन् भनेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो –‘अहिले फेरि नेपाल आर्थिकरूपले ग्रे लिस्टमा र भ्रष्टाचारमा अग्रणी भएको छ । सरकारलाई सिधै अन्तर्राष्ट्रिय संघ संस्थाले बडो अपमानजनक ढंगले सरकार भ्रष्टाचारमा लिप्त छ ।




