LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीमा ९२ प्रतिशतलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइएको छ । रुपन्देहीमा ५९ हजार दुई सय १५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने लक्ष्य लिइएकोमा ५४ हजार पाँच सय २९ जना किशोरीलाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीमा पहिलो चरणमा आठवटा पालिकामा ३० हजार ९२५ जना किशेरीलाई खोप लगाउने लक्ष्य लिएकोमा २८ हजार एक सय ८३ जना किशोरीलाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी दिनुभयो ।
त्यस्तै दोश्रो चरणमा बाँकी रहेका आठवटा पालिकामा २८ हजार दुई सय ९० जना किशोरीलाई खोप लगाउने लक्ष्य लिइएकोमा २६ हजार तीन सय ४६ जनालाई खोप लगाइएको छ ।
पहिलो चरणमा माघ २२ देखि २९ गतेसम्म र दोश्रो चरणमा फागुन १ गतेदेखि ८ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय