LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |
प्रतिनिधिसभा बैठक काठमाडौँ, २९ माघः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः गोपाल दाहाल÷रासस

प्रतिनिधि सभा र राष्ट्रिय सभाको आईतबारको बैठकमा पूर्व राजाको सन्दर्भलाई लिएर सांसदहरुबीच कडा घोचपेच भएको छ । बैठकको सुरुमै बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जसले आफ्नो जति आलोचना गरे पनि गणतन्त्रको विरोध गरिरहने बताउनु भयो ।

लिङ्देनले आफू राजालाई राज्य सञ्चालन र राजनीतिमा पूर्वराजालाई स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘म पूर्वराजालाई राजनीति र राज्य सञ्चालनमा स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ,’ ‘तसर्थ मलाई जसले जति विरोध गरोस्, गणतन्त्र जसले लडेर ल्याएको होस या विदेशीको बुइ चढेर ल्याएको होस् विरोध गरिरहन्छु ।

उता नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले भने पूर्व राजाको सत्तामा फर्किने इच्छा भए २०८४ को चुनावमा भाग लिन सुझाव दिनुभयो ।
आकस्मिक समयमा बोल्दै न्यौपानले मुलुकको व्यवस्थाप्रति पूर्वराजा शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सत्तामा फर्किने इच्छा भए २०८४ को चुनावमा भाग लिन सुझाव दिनुभएको हो ।

उहाँले नेपालमा लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले नभई जनताको शक्तिले आएको भन्दै यसमाथिको प्रहार सह्य नहुने जिकिर गर्नुभयो ।
उता राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको भिडियो सन्देशमा आफूलाई पुनः राजा बनाउन पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको आग्रहप्रति आपत्ति जनाउनु भयो ।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले नेपालमा राजाहरूको शासन राजाहरूले नै समाप्त गरेको भन्दै द्वैध शासन गर्नेहरू पनि राजाहरु नै रहेको दावी गर्नुभयो ।
उहाँले पुनः राजा बन्ने चाहना परित्याग गरेर चुनावमार्फत प्रधानमन्त्री बन्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिनुभयो ।
गौतमले ज्ञानेन्द्रलाई फेरि राजा बन्ने कोसिस गरे ग्रेट ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय