LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने श्रमिकहरूले उडानमा ढिलाइ भएको जनाएका छन् । भिसा आइसकेको तर उडान तालिका नआउँदा आफूहरू मर्कामा परेको सम्बन्धित श्रमिकको भनाइ छ ।

ईपीएस अन्तर्गत छनोट भएर सबै प्रक्रिया पूरा गरिसकेका तर पर्याप्त उडान उपलब्ध नहुँदा आफूहरू जान नपाएको बताएका हुन् ।
एक श्रमिकले उडानमा ढिलाइ हुँदा भिसा रद्द हुने अवस्था आएको बताए । एक हजार सातसय श्रमिकहरु उडान तालिकाको पर्खाइमा रहेको ती श्रमिकको भनाइ छ ।

कतिपय श्रमिकहरूको भिजा अवधि सकिँदा उनीहरूको रोजगारी नै गुमिसकेको भनाई छ ।
नियमित उडान संख्या वृद्धि गर्न, चार्टर फ्लाइटको व्यवस्था गर्न वा वैकल्पिक उपायहरू खोज्न सरकारसँग उनीहरूले माग गरेका छन् ।
लामो संघर्ष गरेर कोरियामा रोजगारीका लागि जान छनौट भएको तर, पर्याप्त उडान नहुँदा जानबाट वञ्चित हुने अवस्था आएको उनीहरूको भनाइ छ ।
यो विषयमा श्रमिकहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई समेत जानकारी गराएका छन् ।

कोरियाका लागि उडान टेन्डर प्रक्रियाका कारण उडान तालिकामा केही फरक परेको बताइएको छ । हाल ट्रान्जिट मार्फत उडान हुँदै आएको छ । यसअघि सिधा उडानमार्फत मात्रै कामदारहरू जाने गरेका थिए । अहिले ट्रान्जिटमार्फत जाँदा हवाई भाडा समेत घटेर ४८ हजार ६६५ रुपैयाँ भएको छ । यसअघि एक लाख २३ हजार हवाई भाडा तिर्दै आएका थिए ।
हाल भिसा क्यान्सिल भएकाहरूको हकमा भने उडान तालिकाका कारण नभई अन्य कारणले भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय