LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्युनतम सेवा मापदण्ड मुल्यांकनमा उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले यस वर्ष पनि सेकेण्डरी बी लेभल अस्पतालहरुको मुल्यांकनमा देशभरका अस्पतालहरु मध्ये सबैभन्दा बढी ८९ अंक प्राप्त गर्दै प्रथम बन्न सफल भएको हो ।
अस्पतालमा आइतबार आयोजित सेवा मुल्यांकन समीक्षा कार्यक्रममा अस्पताला उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्ति लगायतको बारेमा जानकारी गराइएको थियो ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. बासुदेव उपाध्यायले सेवालाई थप बिस्तार र विशिष्टिकृत गर्दै लैजान आग्रह गर्नुभयो ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरीले प्रदेशको समग्र स्वास्थ्य सेवामा सुधार ल्याउने गरि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।
अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले न्युनतम स्वास्थ्य सेवा मापदण्ड मुल्यांकनमा प्राप्त अहिले नतिजा प्रयाप्त नभएको उल्लेख गर्दै थप सुधारका योजनासाथ काम गरिरहेको बताउनुभयो ।
अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट डा. इन्द्र ढकालले हालसम्म भएका कार्यप्रगति र भावी योजना बारे जानकारी गराउनुभयो ।
अस्पतालमा हाल ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० बढी स्वास्थ्यकर्मी तथा कर्मचारीबाट सेवा प्रदान भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय