LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

२०५७ सालमा स्थापना भएको समाजहरु मध्येकै पुरानो समाज केरुङ्गेली समाज रुपन्देहीको २४ औ साधरण सभा तथा ८ औ अधिबेसन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष यज्ञमुर्ति पाण्डेको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक डा. खिमानन्द पाण्डे, बिशिस्ट अतिथि संस्थाका सल्लाहकारहरु लगायत बिभिन्न छेत्रका विशेष अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सस्थाका वरिष्ठ उपाध्यक्ष शालिकराम खनालले स्वागत मन्तब्य राख्नु भएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. खिमानन्द पाण्डेले केरुङ्गेली समाज रुपन्देहीले गरेका कार्यहरुको बारेमा खुलेरै मुक्तकण्ठले प्रशंसा गर्दै अन्य संस्थाहरुले पनि यस समाजबाट धेरै कुरा सिक्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सस्थाका सल्लाहकार गोबिन्द खनाल, देबिपुर सेवा समाजका अध्यक्ष गुनाखर खनाल, हुमराज भुसाल, सोभाखर पाण्डे लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा समाजले गरेका बिभिन्न कार्यक्रम सफल बनाउनको लागि आर्थिक रुपमा सहयोग गर्ने सहयोगीदाताहरुलाइ विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा कार्यसमिति, आजिवन सदस्य, साधारण सद्स्य लगायत करिब एकसय जना केरुङ्गेलीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन सचिब तिलक पाण्डेले गर्नुभएको थियो ।
यसैगरी केरुङ्गेली समाज रुपन्देहीको अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
जसको अध्यक्षमा यज्ञमुर्ति पाण्डे, बरिस्ठ उपाध्यक्षमा शालिकराम खनाल, उपाध्यक्ष तिलक पाण्डे, सचिव शोभाखर पाण्डे, कोषाध्यक्ष कमल न्यौपाने, सहसचिव बिरोध पाण्डे रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा नवराज आचार्य, गङ्गा भण्डारी, जिवलाल भुसाल, शिव पाण्डेय, बिष्णुप्रसाद पाण्डे, अर्जुन गौतम, सुर्य पौडेल, अभिनव भुसाल, प्रदिप खनाल, बिश्वमणि भुसाल र हुमराज भुसाल हुनुहुन्छ ।
लेखासमितिको संयोजकमा भेषराज पाण्डे र सदस्यमा दुर्गाप्रसाद श्रेष्ठ रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय