LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

२०५७ सालमा स्थापना भएको समाजहरु मध्येकै पुरानो समाज केरुङ्गेली समाज रुपन्देहीको २४ औ साधरण सभा तथा ८ औ अधिबेसन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष यज्ञमुर्ति पाण्डेको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक डा. खिमानन्द पाण्डे, बिशिस्ट अतिथि संस्थाका सल्लाहकारहरु लगायत बिभिन्न छेत्रका विशेष अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सस्थाका वरिष्ठ उपाध्यक्ष शालिकराम खनालले स्वागत मन्तब्य राख्नु भएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. खिमानन्द पाण्डेले केरुङ्गेली समाज रुपन्देहीले गरेका कार्यहरुको बारेमा खुलेरै मुक्तकण्ठले प्रशंसा गर्दै अन्य संस्थाहरुले पनि यस समाजबाट धेरै कुरा सिक्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सस्थाका सल्लाहकार गोबिन्द खनाल, देबिपुर सेवा समाजका अध्यक्ष गुनाखर खनाल, हुमराज भुसाल, सोभाखर पाण्डे लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा समाजले गरेका बिभिन्न कार्यक्रम सफल बनाउनको लागि आर्थिक रुपमा सहयोग गर्ने सहयोगीदाताहरुलाइ विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा कार्यसमिति, आजिवन सदस्य, साधारण सद्स्य लगायत करिब एकसय जना केरुङ्गेलीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन सचिब तिलक पाण्डेले गर्नुभएको थियो ।
यसैगरी केरुङ्गेली समाज रुपन्देहीको अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
जसको अध्यक्षमा यज्ञमुर्ति पाण्डे, बरिस्ठ उपाध्यक्षमा शालिकराम खनाल, उपाध्यक्ष तिलक पाण्डे, सचिव शोभाखर पाण्डे, कोषाध्यक्ष कमल न्यौपाने, सहसचिव बिरोध पाण्डे रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा नवराज आचार्य, गङ्गा भण्डारी, जिवलाल भुसाल, शिव पाण्डेय, बिष्णुप्रसाद पाण्डे, अर्जुन गौतम, सुर्य पौडेल, अभिनव भुसाल, प्रदिप खनाल, बिश्वमणि भुसाल र हुमराज भुसाल हुनुहुन्छ ।
लेखासमितिको संयोजकमा भेषराज पाण्डे र सदस्यमा दुर्गाप्रसाद श्रेष्ठ रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय