LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसले बार्षिकोत्सवको पूर्व सन्ध्यामा प्रतिभा सप्ताह अन्तरगत सोमबार विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिभा सप्ताह अन्तरगत सोमबार पाँचवटा विधामा प्रतिष्पर्धा भएको थियो । जस अन्तरगत कविता प्रतियोगितामा प्रथम लक्ष्मण अर्याल, द्वितीयमा गीता पराजुली र तेश्रो आशुतोष रेग्मी भएका छन । त्यसैगरी बक्तृत्वकलामा प्रथम लक्ष्मण अर्याल, दोश्रोमा दिपेन्द्र पन्थी र तृतीय पुष्पा थापा भएकी छिन ।
लङजम्पमा छात्रातर्फ प्रथम रोमा अधिकारी, दोश्रो हिउसमी थापा र तृतीय विपना जैशी भएका छन । त्यसैगरी छात्रतर्फ लङजममा प्रथम टिबिसन कुँवर, दोश्रो निरज ताम्राकार र तेश्रोमा प्रभात थापा मगर भएका छन ।
त्यसैगरी बास्केटबलतर्फ विविएस चौथो बर्ष प्रथम भएको छ भने विविएस दोश्रो बर्ष दोश्रो हुन सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय