LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैनाको सालझण्डीमा रहेको कोटियादेवी माध्यमिक विद्यालयमा जारी श्रीमद भागवत धनधान्याचल ज्ञान महायज्ञमा श्रद्धालु भक्तजनको आगमन दिनहुँ बढिरहेको छ ।

विद्यालयको शैक्षिक स्तरोन्नती, गुणस्तर अभिबृद्धि र जग्गा व्यवस्थापनका लागि आर्थिक सहयोगार्थ आयोजना गरिएको महायज्ञमा भक्तजनको उपस्थितिले आयोजकहरु उत्साहित बनेका छन ।

महायज्ञमा अन्तर्राष्ट्रिय स्तरका प्रखर कथाबाचक प्रबीण पण्डित दिनबन्धु पोखरेलले कथाबाचन गरिरहनु भएको छ ।

महायज्ञ आयोजक समितिका संयोजक समाजसेवी तिलकराम घिमिरेले विद्यालयको शैक्षिक स्तर उन्नती, जग्गा व्यवस्थापन र शैक्षिक अभिबृद्धिका लागि गरिएको महायज्ञबाट आफूहरु उत्प्रेरित भएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनाखर घिमिरेले विद्यालयको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले सहयोगका लागि गरिएको महायज्ञबाट विद्यालयको आर्थिक अवस्था सुधारमा ठूलो टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक रमेश भुसालले विद्यालयको पूर्वाधार विकासका लागि यो महायज्ञ अत्यन्त सहयोगी र सार्थक बन्ने बताउनुभयो ।
फागुन ७ देखि सुरु भएको महायज्ञमा विहान ७ बजेदेखि १० बजेसम्म नित्य पुजन, विहान ११ बजेदेखि संगीतमय कथा प्रचचन तथा झाँकी र साँझ साढे ४ बजेदेखि साढे ५ बजेसम्म आरती, पुष्पाञ्जली एवं गुरुहरुबाट टिका, फूल प्रसाद वितरण लगायत भजनकिर्तनको कार्यक्रम भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय