LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुद्ध जन्मस्थल लुम्बिनीमा पछिल्लो समय धार्मिक तीर्थयात्रीहरुको आवागमन वृद्धि भएको छ । लुम्बिनी विकास कोषका अनुसार बौद्ध धर्ममा उल्लेख गरिएको चारधाम लुम्बिनीसहित भारतको बोधगया, शारनाथ, कुशिनगरको भ्रमण गर्ने तीर्थयात्रुहरु बढ्न थालेका हुन् ।

आइतबार भारतका तीन धामको भ्रमण गरी युवा बौद्ध समूहको टोलीले लुम्बिनी भ्रमण गरेका छन् । मिना गुरुमासहित युवा बौद्ध समूहको ४५ जनाको टोलीले भारतका तीनधामको भ्रमण गरी लुम्बिनी आइपुगेको हो ।
लुम्बिनी आएको उक्त टोलीलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरे । युवा बौद्ध समूहले पटनामा बुद्ध स्मृति पार्क निर्माण गरी त्यहाँ स्तुपा समेत निर्माण गरेको छ । स्तुपाको प्रतिस्थापन गरिएको समूहका सदस्य राजा शाक्यले बताए ।

टोलीले लुम्बिनीसहित तिलौराकोट, रामग्राम समेत भ्रमण गरेको छ । भगवान बुद्धको जन्म लुम्बिनीमा भएको हो । भारतस्थित बोधगयामा ज्ञान, शारनाथमा पहिलो उपदेश दिएको र कुशीनगरमा महापरिनिर्वाण भएको थियो ।

बौद्ध धर्मग्रन्थमा यी चारधामको भ्रमणले पुण्डय प्राप्त हुने विश्वास गरिन्छ । चारमध्ये तीन धाम भारतमा भएकाले अधिकांश बौद्ध तीर्थयात्रीहरुले जन्मस्थल लुम्बिनीको भ्रमण नगर्ने भए पनि पछिल्लो समय यहाँ आउने तीर्थयात्रीहरु वृद्धि भएका हुन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय