LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुद्ध जन्मस्थल लुम्बिनीमा पछिल्लो समय धार्मिक तीर्थयात्रीहरुको आवागमन वृद्धि भएको छ । लुम्बिनी विकास कोषका अनुसार बौद्ध धर्ममा उल्लेख गरिएको चारधाम लुम्बिनीसहित भारतको बोधगया, शारनाथ, कुशिनगरको भ्रमण गर्ने तीर्थयात्रुहरु बढ्न थालेका हुन् ।

आइतबार भारतका तीन धामको भ्रमण गरी युवा बौद्ध समूहको टोलीले लुम्बिनी भ्रमण गरेका छन् । मिना गुरुमासहित युवा बौद्ध समूहको ४५ जनाको टोलीले भारतका तीनधामको भ्रमण गरी लुम्बिनी आइपुगेको हो ।
लुम्बिनी आएको उक्त टोलीलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरे । युवा बौद्ध समूहले पटनामा बुद्ध स्मृति पार्क निर्माण गरी त्यहाँ स्तुपा समेत निर्माण गरेको छ । स्तुपाको प्रतिस्थापन गरिएको समूहका सदस्य राजा शाक्यले बताए ।

टोलीले लुम्बिनीसहित तिलौराकोट, रामग्राम समेत भ्रमण गरेको छ । भगवान बुद्धको जन्म लुम्बिनीमा भएको हो । भारतस्थित बोधगयामा ज्ञान, शारनाथमा पहिलो उपदेश दिएको र कुशीनगरमा महापरिनिर्वाण भएको थियो ।

बौद्ध धर्मग्रन्थमा यी चारधामको भ्रमणले पुण्डय प्राप्त हुने विश्वास गरिन्छ । चारमध्ये तीन धाम भारतमा भएकाले अधिकांश बौद्ध तीर्थयात्रीहरुले जन्मस्थल लुम्बिनीको भ्रमण नगर्ने भए पनि पछिल्लो समय यहाँ आउने तीर्थयात्रीहरु वृद्धि भएका हुन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय