LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

महाशिवरात्रीको अवसरमा रुपन्देहीको सैनामैना १ स्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङग बोलबम धाममा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको पर्रोहा बोलबम धाम मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
दर्शन गर्न आउने भक्तजनको सहजताका स्वयंसेवकको व्यवस्था गरिएको पर्रोहा बोलबम धामका अध्यक्ष रामबली चौधरीले जानकारी दिनुभयो । अध्यक्ष चौधरीले साउन महिनामा हुने श्रावणी मेलाको जस्तै गरि भक्तजनको घुईचो लाग्ने बताउँदै सुरक्षाको व्यवस्थापनका लागि प्रहरी लगायत स्वयंसेवकहरुको तयारी भैसकेको बताउनुभयो ।

त्यसैगरी बोलबम धामका कोषाध्यक्ष रामनाथ हरिजनले बिगतका बर्षमा जस्तै यो बर्ष पनि भक्तजनलाई कुनै कष्ट नहोस भन्ने उद्देश्यले लाईनको व्यवस्था मिलाएको बताउनुभयो । उहाँले सुरक्षाका लागि नेपाल प्रहरीदेखि स्वयंसेवकको व्यवस्था गरिसकेको जानकारी दिनुभयो ।

भक्तजनलाई यथाशीघ्र, सहज रूपमा दर्शन गराउने व्यवस्था मिलाइएको जनाएको छ । मन्दिर व्यवस्थापन समितिले गएको वर्षभन्दा यसपटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेको हो ।
पर्रोहा बोलबम धामका सचिव छविलाल पन्त र कार्यालय सचिव हरि शर्मा गौतमले बोलबम धाममा शिवरात्रीका लागि सम्पूर्ण तयारी पूरा भएको र भक्तजनलाई कुनैपनि असुविधा नहुनेगरी दर्शनको व्यवस्था मिलाउने सवै तयारी भएको जानकारी दिनुभयो ।

मन्दिर क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने ठाउँको सहज पहुँचको व्यवस्था मिलाइएको पनि धाम व्यवस्थापन समितिले जनाएको छ ।
यस्तै सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय