LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

महाशिवरात्रीको पूर्व सन्ध्यामा सैनामैना १० फूलबारीमा शिवरात्री सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

शिवालय मन्दिर तथा पार्क संरक्षण संस्थाको आयोजनाको संस्कृति संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले फूलबारी शिवालय मन्दिरको प्रांगणमा शिवरात्री सांस्कृतिक कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले बहुजाति, बहुधार्मिक र बहु सांस्कृतिक धर्म संस्कृतिलाई संरक्षण गर्दै जानुपर्ने बताउनुभयो । उहाँले शिवालय मन्दिरले धर्म संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजना गरेको सांस्कृतिक कार्यक्रमले शिवरात्रीको महिमा बृद्धि गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

त्यसैगरी सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले शिवालय मन्दिरले यस क्षेत्रमा विगतदेखि नै संस्कृति संरक्षणको काम गर्दै आएको बताउँदै यसले धर्म संस्कृति प्रति जागरण बढाउने विश्वास ब्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रमा आउने पर्यटकलाई आत्मीयता दिन सक्नुपर्ने बताउँदै बाहिरबाट आउने पर्यटकलाई जति यस क्षेत्रमा आमन्त्रण गर्न सक्छौ, त्यति नै यो क्षेत्रको बिकासमा टेवा पुग्ने भएकोले शिबालय मन्दिर तथा पार्क संरक्षण संस्थाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

शिवालय मन्दिर तथा पार्क संरक्षण संस्थाका अध्यक्ष कुलबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने क्लव स्तरीय नाच प्रतियोगिता भएको थियो ।
यसैगरी शिवरात्रीको अवसरमा बुधबार दिनभरी भजनकिर्तन तथा पुजा गरिएको छ । कार्यक्रमको संचालन तारा रास्कोटी र सांगीतिक कार्यक्रमको प्रस्तुती उज्वल गिरिले गर्नुभएको थियो । त्यसैगरी सवै कार्यक्रमको संयोजन बिशाल पोखरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय