LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेपाल मगर संघ सैनामैनाले ४३ औं नेपाल मगर संघ स्थापना दिवस तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको विभिन्न खेल प्रतियोगिता बुधबार सम्पन्न भएका छन ।

जस अन्तरगत बुधबार पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । जसमा पुरुषतर्फ वार्ड नं. १ प्रथम भएको छ भने वार्ड नं. ६ दोश्रो हुन सफल भएको छ । त्यसैगरी महिला भलिबलतर्फ सैनामैना वडा नं. ५ प्रथम भएको छ भने वार्ड नंं ८ दोश्रो हुन सफल भएको छ ।

बुधबार नै भएको खेल अन्तरगत तान डोरीको महिलातर्फ वार्ड नंं ११ प्रथम भएको छ भने वार्ड नंं ९ दोश्रो भएको छ । त्यसैगरि तानडोरी पुरुषतर्फ वार्ड नं. ११ को टिम प्रथम भएको छ भने वार्ड नं. ४ को टिम दोश्रो भएको छ । म्युजिकल बल प्रतियोगितामा सोनु थापा बिजयी हुनुभएको छ भने घैटोफोरतर्फ केनन राना विजयी बन्नुभयो ।

दिवसकै अवसरमा नेपाल मगर महिला संघ सैनामैनाको आयोजनामा सोमबार सैनामैनामा रक्तदान गरिएको थियो । दिवसकै अवसरमा सैनामैनाका सवै विद्यालयलाई लक्षित गरेर बक्तृत्वकला, निवन्ध लेखन, तेक्वान्दो प्रतियोगिता यसअघि सम्पन्न भैसकेको छ ।

नेपाल मगर संघ सैनामैनाका अध्यक्ष प्रेमबहादुर सोमरेले मगर दिवसको अन्तिम दिन सैनामैनाको कलौनीमा विशेष कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा सहभागी हुन मगर संघले सवैसंग आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय