LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको कञ्चन गाउपालिकामा गत फागुन ५ गतेदेखि जारी कञ्चनको पुरानो र एक प्रतिस्ठित प्रतियोगिताको रुपमा रहेको कञ्चन कञ्चन कप २०८१ को उपाधी सैनामैना कलेज अफ हस्पिटालिटीले हात पारेको छ। हिमालय सामुदायिक विकास केन्द्र कन्चन ४ दियो बजार रुपन्देहीको आयोजनामा सञ्चालित प्रतियोगिताको अन्तिम देवदहको योङ्ग व्वाइजसंगको अन्तिम प्रतिस्पर्धामा सैनामैना कलेजले जीत हासिलगरी उपाधी चुमेको हो।

फुटवल खेलाडीहरुका लागि महाकुम्भको रुपमा हेरिदै आएको कञ्चन कप २०८१ को हिजो भएको फाइनल खेलमा उपाधीको दाबेदारको रुपमा हेरिएको योङ्ग ब्वाइज देबदहलाई ३(१ गोल अन्तरले पराजित गर्न सफल भएको हो। उपाधी हात पार्नका लागि सैनामैनालाई सुरज चौधरीले लगातार तीन गोल गरी ह्याट्रिक गरेका थिए। तर योङ्ग ब्वाइजका मनोज गुरुङले आफ्नो टिमका लागि सान्त्वना गोल गरेका थिए।
कन्चन कप २०८१को उपाधी हात पारेसंगै सैनामैना कलेजले नगद २,०१,०००र( कप मेडल अनि प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ भने उपविजेता बनेको योङ्ग व्वाइजले नगद १,०१,०००र(कप मेडल अनि प्रमाणपत्र प्राप्त गरेको छ।

बिधागत तर्फ उत्कृष्ट गोलरक्षक सैनामैनाका अनुप राना, उदयीमान खेलाडी हिमालय सामुदायिक बिकास केन्द्रका अभिषेक बि।के।र सर्वाधिक गोलकर्ताको रुपमा तीन तीन गोल गरेका योङ्ग ब्वाइजका हिमाल थापा र सैनामैनाका सुरज चौधरीलाई सम्मान गरिएको थियो। यसैगरी प्रतियोगिताकै सर्वोउत्कृष्ट खेलाडीको रुपमा सैनामैनाका नर बहादुर थापा घोषित भएका छन।

बिधागत तर्फका उत्कृष्ट खेलाडीहरुले जनही ५,५०० रुपैया सहित ट्रफी प्राप्त गरेका छन भने प्रतियोगिताकै सर्वोउत्कृष्ट खेलाडीले ७,५०० रुपैया सहित ट्रफी प्राप्त गरेका छन।
बिगत २०६६ सालदेखि महाशिवरात्रीको अवसरमा हरेक बर्ष हिमालय गोल्ड कपको रुपमाा सञ्चालन हुदै आइरहेको उक्त फुटवल प्रतियोगिता २०७७ सालको को १२ औं संस्करणमा कञ्चन अध्यक्ष कपको रुपमा सञ्चालन गरिएको थियो। रुपन्देही, कपिलबवस्तु र नवलपरासीका १० फुटवल टिमहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा कञ्चन गाउँपालिकाले नियमित रुपमा अपनत्व र अभिभावकत्व नगर्ने भएपछि १३ औं संस्करणदेखि कञ्चन कपको रुपमा सञ्चानल हुदै आइरहेको हो।

१६ औं संस्करणमा सैनामैना कलेज सैनामैना, राजेश स्मृति फाउन्डेसन कपिलवस्तु, देश भक्त एफ। सी। नवलपरासी, चाँदनी युवा क्लब कञ्चन फर्साटिकर एफ।सी। शुद्धोधन, हिमालय एफ।सी। ९आयोजक०, इभोलुशन क्लब अफ बुटवल, भैरव स्पोर्टस क्लब नवलपरासी, योङ्ग बोईज देवदह, सम्पुर्ण एफ।सी। सुपौलीले सहभागिता जनाएका थिए ।

गाउपालिका, संघ, संस्था र स्थानीयहरुबाट प्राप्त हुने आर्थिक र भौतिक सहयोग नै प्रतियोगिताको मुख्य आर्थिक श्रोत भएको प्रतियोगितामा हरेक खेलको म्यान अफ द म्याचका लागि जनही १ हजार १ सय रुपैया र ट्रफी समेत प्राप्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय