प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ७ सय ४५ ग्राम सुनसहित तीन महिला र एक पुरुष गरी चारजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
बुधबार राति फ्लाइ दुबइको उडानमार्फत काठमाडौं आएका दजानोभा दिलफुजा मारिफ, इजराइलो फेजिभा, सरदोर क्रुस्नोभ र जानोभन दोभलाई सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।



उहाँले भन्नुभयो– “गएराति फ्लाइ दुबइको उडानमार्फत काठमाडौं आएका तीन महिला र एक पुरुषलाई टर्मिनल गेटमा हाम्रो टोलीले चेक जाँच गर्ने क्रममा सुनसहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उज्वेकिस्तानका नागरिक रहेका र उक्त घटनाका विषय प्रहरीले थप अनुसन्धान गरिरहेको विमानस्थल सुरक्षा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक राठौरले बताउनुभयो ।




