LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

देशैभरका मगर समुदायले आज ४३ औं राष्ट्रिय मगर एकता दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएको सम्झना तथा संघको स्थापना दिवसका अवसरमा हरेक वर्ष फागुन १५ गते यो दिवस मनाउने गरिन्छ ।

दिवसकै अवसरमा मगर बाहुल्य रहेको लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल मगर संघ सैनामैनाले पनि ४३ औं मगर दिवस विभिन्न चार दिवसीय कार्यक्रम गरि मनाएको छ ।

मगर समुदायले सांस्कृतिक झाँकी लगायतका प्रदर्शन तथा ¥याली समेत आयोजना गरेका छन । सैनामैनाको कलौनीमा विहिवार मूल समारोहको आयोजना गरि नेपाल मगर संघ सैनामैनाले भब्य कार्यक्रम गरेको छ ।

त्यस अवसरमा बोल्ने बक्ताहरुले मगरहरुको जातीय पहिचान र एकताका लागि सवै मगर समुदाय एक हुनुपर्ने औंल्याएका छन ।
मगर संघ सैनामैनाले दिवसकै अवसरमा विभिन्न प्रतियोगिता सम्पन्न गरेको थियो । जसमा पुरुष तथा महिला भलिबल, डोरीतान, म्युजिकल बल प्रतियोगिता, बक्तृत्वकला, निवन्ध लेखन, हाजिरीजवाफ र घैटोफोर लगायतका प्रतियोगिता आयोजना भएको थियो ।

दिवसकै अवसरमा नेपाल मगर महिला संघ सैनामैनाको आयोजनामा सोमबार सैनामैनामा रक्तदान गरिएको थियो ।
नेपाल मगर संघ सैनामैनाका अध्यक्ष प्रेमबहादुर सोमरेको अध्यक्षतामा सैनामैनाको कलौनीमा समापन कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय