LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकारले प्राथमिकताका साथ महत्वपूर्ण कार्यक्रमहरू अघि बढाएको बताउनु भएको छ । रामनगर जेसीज लुम्बिनी प्रदेशस्तरीय शैक्षिक तथा सांस्कृतिक मेला २०८१ को उदघाटन गर्दै मुख्यमन्त्री आचार्यले विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकार लागिपरेको बताउनु भएको हो ।

मुख्यमन्त्री आचार्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानमार्फत सामुदायिक विद्यालयमा खस्कँदै गएको शैक्षिक गुणस्तर सुधार गर्ने संकल्प गरिएको उल्लेख गर्दै गत वर्षको एसईईको नतिजा कमजोर आएकाले यस वर्ष सुधार गर्ने लक्ष्य राखिएको बताउनु भयो ।

उहाँका अनुसार सरकार शैक्षिक संस्थाहरूको सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न प्राथमिकताका साथ अघि बढिरहेको छ । विद्यालयको हरेक क्षेत्र सुधार गर्दै अघि बढ्नका लागि समुदायको पूर्ण साथ र सहयोग आवश्यक रहेको बताउँदै मुख्यमन्त्री आचार्यले विद्यार्थी, अभिभावक, शिक्षक तथा पूर्व विद्यार्थीहरूलाई अभियानमा जोडेर सरकार अघि बढेको उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले गत वर्षको एसईई नतिजालाई आधार मानेर शैक्षिक क्षेत्रको गुणस्तर मापन गरेको र त्यसलाई सुधार गर्ने प्रयासस्वरूप कारणहरूको खोजीमा लागेको छ उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले विद्यार्थीको मनोबल उच्च बनाउने, अभिभावकको विश्वास जित्ने तथा समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले शैक्षिक गतिविधिहरू अगाडि बढाइएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय