LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकारले प्राथमिकताका साथ महत्वपूर्ण कार्यक्रमहरू अघि बढाएको बताउनु भएको छ । रामनगर जेसीज लुम्बिनी प्रदेशस्तरीय शैक्षिक तथा सांस्कृतिक मेला २०८१ को उदघाटन गर्दै मुख्यमन्त्री आचार्यले विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकार लागिपरेको बताउनु भएको हो ।

मुख्यमन्त्री आचार्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानमार्फत सामुदायिक विद्यालयमा खस्कँदै गएको शैक्षिक गुणस्तर सुधार गर्ने संकल्प गरिएको उल्लेख गर्दै गत वर्षको एसईईको नतिजा कमजोर आएकाले यस वर्ष सुधार गर्ने लक्ष्य राखिएको बताउनु भयो ।

उहाँका अनुसार सरकार शैक्षिक संस्थाहरूको सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न प्राथमिकताका साथ अघि बढिरहेको छ । विद्यालयको हरेक क्षेत्र सुधार गर्दै अघि बढ्नका लागि समुदायको पूर्ण साथ र सहयोग आवश्यक रहेको बताउँदै मुख्यमन्त्री आचार्यले विद्यार्थी, अभिभावक, शिक्षक तथा पूर्व विद्यार्थीहरूलाई अभियानमा जोडेर सरकार अघि बढेको उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले गत वर्षको एसईई नतिजालाई आधार मानेर शैक्षिक क्षेत्रको गुणस्तर मापन गरेको र त्यसलाई सुधार गर्ने प्रयासस्वरूप कारणहरूको खोजीमा लागेको छ उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले विद्यार्थीको मनोबल उच्च बनाउने, अभिभावकको विश्वास जित्ने तथा समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले शैक्षिक गतिविधिहरू अगाडि बढाइएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय