LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवाको क्षेत्रमा भौतिक पूर्वाधारसँगै गुणस्तरीय जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान केन्द्रित गरेको बताउनु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसका अवसरमा विहिबार आयोजित मूल समारोहलाई बुटवलमा सम्बोधन गर्दै मन्त्री सारुले सरकारी अस्पतालहरुमा स्वास्थ्य सेवा सुधार तथा बिस्तारका लागि सरकार सधै तयार रहेको बताउनुभयो ।

स्वास्थ्य सेवा लिन आउने नागरिक हिजोको जस्तो नभएको उल्लेख गर्दै उहाँले सेवाग्राही धेरै सचेत भैसकेको र कुनैपनि कमजोरीहरु भेटिएमा तुरुन्तै प्रतिक्रिया जनाउन सक्ने भएकाले सधै सचेत भएर सेवामा लाग्न आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले बुटवल आर्थिक सुस्तताको मारमा परेको बताउँदै लुम्बिनी प्रादेशिक अस्पतालको बिकास गर्न सकेमा समग्र लुम्बिनी प्रदेशको परिचय र पहिचान बदलिने उल्लेख गर्नुभयो ।

अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवाग्राहीको चाप र यहाँ उपलब्ध संरचना तथा जनशक्ति बीच ठूलो भिन्नता भएको उल्लेख गर्दै उक्त कुरालाई जनताबीच पु¥याउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. ईन्द्र ढकालले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी दिनमा गर्ने योजनाहरु बारे जानकारी गराउँदै अस्पतालमा वार्षिक साढे ३ लाखले स्वास्थ्य सेवा लिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय