LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवाको क्षेत्रमा भौतिक पूर्वाधारसँगै गुणस्तरीय जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान केन्द्रित गरेको बताउनु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसका अवसरमा विहिबार आयोजित मूल समारोहलाई बुटवलमा सम्बोधन गर्दै मन्त्री सारुले सरकारी अस्पतालहरुमा स्वास्थ्य सेवा सुधार तथा बिस्तारका लागि सरकार सधै तयार रहेको बताउनुभयो ।

स्वास्थ्य सेवा लिन आउने नागरिक हिजोको जस्तो नभएको उल्लेख गर्दै उहाँले सेवाग्राही धेरै सचेत भैसकेको र कुनैपनि कमजोरीहरु भेटिएमा तुरुन्तै प्रतिक्रिया जनाउन सक्ने भएकाले सधै सचेत भएर सेवामा लाग्न आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले बुटवल आर्थिक सुस्तताको मारमा परेको बताउँदै लुम्बिनी प्रादेशिक अस्पतालको बिकास गर्न सकेमा समग्र लुम्बिनी प्रदेशको परिचय र पहिचान बदलिने उल्लेख गर्नुभयो ।

अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवाग्राहीको चाप र यहाँ उपलब्ध संरचना तथा जनशक्ति बीच ठूलो भिन्नता भएको उल्लेख गर्दै उक्त कुरालाई जनताबीच पु¥याउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. ईन्द्र ढकालले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी दिनमा गर्ने योजनाहरु बारे जानकारी गराउँदै अस्पतालमा वार्षिक साढे ३ लाखले स्वास्थ्य सेवा लिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय