LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

भारतको उत्तर प्रदेशको प्रयागराजमा ४५ दिनसम्म चलेको महाकुम्भ मेला समापन भएको छ । गएको पुस २९ गते शुरू भएको महाकुम्भ मेला हिजो महाशिवरात्रिको दिन समापन भएको हो । तर श्रद्धालुहरू मेलामा पुग्ने क्रम अझै रोकिएको छैन ।

महाकुम्भको अवधिभर ६६ करोड जनाभन्दा धेरै मानिसले गङ्गामा स्नान गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो संख्या अमेरिकाको जनसंख्याको तुलनामा झन्डै दोब्बर बढी हो ।

यस्तै गङ्गामा डुबुल्की लगाउनेको यो संख्या एक सय ९३ वटा देशको जनसंख्याभन्दा धेरै हो । महाकुम्भको अन्तिम दिन हिजो मात्रै डेढ करोड जनाभन्दा धेरैले स्नान गरेका थिए । उत्तर प्रदेश सरकारले मेलामा ४० करोड जना मानिस सहभागी हुने अनुमान गरेको थियो ।

कुम्भमेलालाई विश्वकै सबैभन्दा धेरै मानिस जमघट हुने पर्व मानिन्छ । संयुक्त राष्ट्रसङ्घले यो मेलालाई मानव जातिको ‘अमूर्त सम्पदा’ का रूपमा उल्लेख गरेको छ । कुम्भमेला भारतका चारवटा शहरमा हरेक १२ वर्षमा मनाइने गरिन्छ । दुइटा कुम्भमेलाको बीचमा अर्धकुम्भमेला पनि आयोजना गरिन्छ । चारवटै शहरमा कुम्भमेलाको आयोजना हुने भएपनि प्रयागराजमा आयोजित हुनेलाई सबैभन्दा महाकुम्भ मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय